निजी क्षेत्रका कारण नेपालको शिक्षा प्रभावकारी भएको दावी

11

बुटवल आषाढ २८
नीजि क्षेत्रले शिक्षामा पुराएको योगदानलाई कदर गर्नुपर्ने सरोकारवालाले बताएका छन् । नेपालको शैक्षिक क्षेत्रलाई वलियो र प्रभावकारी बनाउन नीजि क्षेत्रको मुख्य भूमिका रहेको उनीहरुले बताए ।
नीजि तथा आवासीय बिद्यालय अर्गनाइजेशन नेपाल (प्याब्सन) प्रदेश नम्बर पांचले बुधबार बुटवलमा आयोजना गरेको शैक्षिक अन्तरक्रियामा बोल्ने वक्ताले शिक्षामा देखिएको विभेदको अन्त्य गर्नुपर्ने बताए ।
विद्यार्थीलाई गुणस्तरीय शिक्षा दिनुपर्ने र त्यसका लागि सरकारी र नीजि क्षेत्रबाट सञ्चालित शिक्षामा देखिएको विभेदको अन्त्य गर्नुपर्ने बताए ।
नीजि क्षेत्रले शिक्षामा पुराएको योगदानलाई कदर गरी शिक्षालाई व्यवस्थित र मर्यादित बनाउनुपर्ने बताए । सोही कार्यक्रममा बोल्दै नेकपा एमालेका उपमहासचिव घनश्याम भुसालले नीजि क्षेत्रसंग मिलेर राज्यले गुणस्तरीय शिक्षा दिनुपर्ने बताउनुभयो ।
उहांले समयको माग अनुसार शिक्षालाई गुणस्तरीय र शर्भशुलभ बनाउन सरकार र नीजि क्षेत्रबीच सहकार्य आवश्यक रहेको बताउनुभयो । गुणस्तरीय शिक्षा दिने दायित्वबाट कोहीपनि पछिहट्न नहुने बताउनुभयो ।
उहांले समग्र देशको विकासमा शिक्षाको विकास आवश्यक रहेको उल्लेख गर्दै राज्यले चाहेरपनि नीजि क्षेत्रको शिक्षालाई रोक्न नसक्ने बताउनुभयो ।
नीजि क्षेत्रबाट सञ्चालित शैक्षिक संस्थाहरुलाई राज्यले नियमन गर्न सकेपनि बन्द गर्न नसक्ने दावी गर्नुभयो । उहांले सामुदायिक र संस्थागत विद्यालयको शिक्षामा राज्य विभेदकारी हुने उल्लेख गर्दै नेता भुसालले राज्य विभेदकारी हुंदैमा प्याब्सन डराउन नहुने बताउनुभयो ।
प्याब्सन नेपालका केन्द्रिय महासचिव तथा सञ्चारकर्मी राजेन्द्र वानियाले नीजि क्षेत्रले शिक्षामा पुराएको योगदानलाई सरकारे बुझ्न नसकेको बताउनुभयो ।
सरकारले नीजि शिक्षालयको योगदानलाई सम्मान गर्नुपर्ने बताउंदै सरकारसंग प्याब्सन सहकार्य गरेर अघि बढ्न चाहेको बताउनुभयो । उहांले शिक्षाको समग्र विकास गर्न प्याब्सन सरकार र राज्यको सहयोग बन्न सक्ने बताउनुभयो ।
नीजि क्षेत्रले गुणस्तरीय शिक्षा दिंदापनि सरकारले मुल्याकंन नगरेको उल्लेख गर्दै शिक्षाको विकासमा नीजि क्षेत्रको भूमिका प्रमुख रहेको बताउनुभयो ।
नीजि क्षेत्रको लगानीबाट सञ्चालित शिक्षालयहरुले राज्यलाई सबैभन्दा धेरै कर तिरेपनि नीजि क्षेत्रलाई अपमान गरिएको गुनासो गर्नुभयो । शिक्षा ऐन बनाउन स्थानीय जनप्रतिनिधिहरुलाई आग्रह गर्दै अहिलेसम्म शिक्षा नियमावली बनाउनमा खेलवाड गरिएको दावी गर्नुभयो ।
प्याब्सनका केन्द्रिय सचिव आरपी कटुवालले नीजि क्षेत्रले शिक्षामा पुराएको योगदानलाई कदर नगरे देशका ३० प्रतिशत विद्यार्थी अध्ययनका लागि विदेश पलायन हुने दावी गर्नुभयो । निमित्ति जिल्ला शिक्षा अधिकारी टिकाराम अर्यालले संस्थागत विद्यालयहरु योग्य बन्दै गएकाले प्राविधिक शिक्षा अध्यापन गराउन दिनुपर्नेमा जोड दिनुभयो ।
बुटवल उप– महानगरपालिकाका प्रमुख शिवराज सुवेदीले संविधानले दिएको अधिकारको प्रयोग गरी शैक्षिक कानुन बनाएर शिक्षा क्षेत्रको विकास गर्न जरुरी रहेको बताउनुभयो । कार्यक्रममा सिद्वार्थनगर नगरपालिकाका प्रमुख हरि अधिकारी, वर्दघाट नगरपालिकाका प्रमुख धिरज शर्मा, नेपाल शिक्षक युनियनका अध्यक्ष छवि पाण्डे, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, रुपन्देही व्यापार संघका अध्यक्ष मोतीलाल पाण्डे,पत्रकार महासंघ रुपन्देहीका उपाध्यक्ष दिनेश पाण्डे, अभिभावक संघ रुपन्देहीका अध्यक्ष लोकनाथ ज्ञवाली, राष्ट्रिय अभिभावक संघका अध्यक्ष पूर्णचन्द्र पाण्डे लगायतले बोल्नुभएको थियो ।
प्याब्सन प्रदेश नम्बर पांचका अध्यक्ष कृष्णप्रसाद खनालको अध्यक्षता, खेमेन्द्र रानाको सञ्चालन र निर्मल उपाध्यायको स्वागतमा कार्यक्रम भएको थियो । सोही कार्यक्रममा स्थानीय तहमा निर्वाचित मेयर तथा उपमेयर र ४ जीपीए ल्याउने उत्कृष्ट विद्यार्थीलाई स्वागत तथा सम्मान गरिएको थियो ।

SHARE