अन्तरघातिहरुका नाममा

45

सिद्धिचरण भटराई

नेकपा एमाले मा मात्र होइन सबै पार्टीमा अन्तरघातिहरुको खोजी जारी छ, सबै भन्दा खोजी त नेपाली कांग्रेसमा जारी छ । यो जितेका ठाउँमा होइन हारेका ठाउँको मात्र खोजि भईरहेको छ । अन्तरघातलाई समेत छिचोल्दै बिजयी हुने साहस क्षमता र लोकप्रियता भएका सबै नेताहरुलाई बधाई तथा सम्मान ।
स्वभाविक होकी जितको एउटै कारण हुन्छ हारका अनेक कारण हुन्छन ती मध्ये एक हुन आउँछ अन्तरघात .
अन्तरघाती हारेका ठाउँका होउन वा जितेका ठाउँका रोग त एउटै हो । तर पिडा हारेका ठाउँको बढि र खोजी त्यसैको भई रहेको छ ।
तर बुद्धिजिवीहरु समेत यसको बस्तुनिष्ट कारण र ठोस जानकारी बिना हावा चलाईरहेको छन अन्तरघातको । अन्तरघात भन्ने कुरा जित्नु पर्नेले आफनो कमजोरी लुकाउन फालिने पोष्टकार्ड मात्र हो । हारपछिको पोस्टकार्ड फ्याक्नु भन्दा जित्नका लागि प्रिकार्डहरुमा के के कमजोरी भए त्यसको समिक्षा गर्नु राम्रो हुने सुझाव छ सबै उपविजेताहरुलाई ।
आत्मसंयम र आत्मसमिक्षा गरेर शान्तपुर्वक स्थीतिको विवेचना होस सबै बाट ।
परिभाषा कसरी गर्ने अन्तरघात भन्ने अपराधको यो एउटा जटिल प्रश्न हो लोकतन्त्र पार्टी विधि र व्यवस्थापनको । यो हतियार धेरै हदसम्म पार्टी भित्र मन नपरेका र किनारा लगाउनु पर्नेलाई लगाउने लाञ्छना पनि हो ।

०७० को निर्वाचनमा जिल्लाका धेरैलाई किनारा लगाउने प्रपन्च थियो यथार्थ भन्दा हावादारी चर्चामा आधारित , अहिले पनि यो प्रपन्च जारी छ । तिव्र प्रतिष्प्रधाका साथ थोरै मतले हार्दा चुचुकाउने हरुको एउटा रुन्चे स्वर हो अन्तरघात । मुलत ः यो पार्टी व्यवस्थापनमा देखिएका समस्याहरुको कुण्ठाको स्वर पनि हो । लोकतन्त्रमा जनमत र व्यक्तिगत स्वतन्त्रता महत्वपुर्ण कुरा हो . एउटा पार्टी आफना सदस्यहरुलाई बिधी र बिधानमा बाँध्छ र चलाउछ ।

सकृय पार्टी सदस्यले पार्टीको घोषित उम्मेदवारका बिरुद्ध जानु पार्टीको नैतिक आचारण विपरित कुरा हो तर उम्मेदवार छनौट विधि र प्रकृयाका त्रुटीका कारणले हारिएका ठाउँको हेक्का नराख्ने, छनौट गर्दा नेताहरुबाट ठूलो आर्थिक चलखेल गरेर जिवनभर पार्टीैमा समर्पितलाई पाखा लगाएर टिकट दिने, उम्मेदवारहरु प्रायोजित ढंगले उठाउने बसाल्दा घुस दिएर बसाल्नु पर्ने दलाल राजनीतिको निर्मम समिक्षा गर्ने कि नगर्ने ? स्थानिय तहको बस्तुगत अवस्था नबुझी थोपरिएको उम्मेदवारीले कति थेग्छ ? निर्वाचन निकट केही महिना केन्द्रिय प्रभावशाली नेता वरीपरी घुम्ने र अरु बेला पार्टीको काम अरुले गरिदिएर थामिदिनु पर्ने , नेतृत्वलाई क्षणिक प्रभावमा पारेर टिकट हत्याउने हरु अन्तरघाति होलान कि पार्टीको आदेश भनेर मनमा पीडा बोकेर पार्टी कै पक्षमा प्रचार गर्ने कार्यकर्ता अन्तरघाति ?संगठीत मतले मात्र कुनै पार्टीको उम्मेदवार जित्ने कुरा हुँदैन मुख्य कुरा व्यक्तिको लोप्रियत पनि प्रमुख कुाो हुन आउँदो रहेछ भनेर कहिले बुझने हामील? उम्मेदवारलाई फराकिलो दायराबाट नचलाई सिमित घेरामा चलाउने संकुचित टिमका कारण पनि निर्वाचन प्रभावित भयो होला । कतिपयले सिता एउटाको खाएर गिता एउटाको गाउने काम गरेको पनि सुनियो ।

कस्ता योग्यताका उम्मेदवार पठाउने भन्ने बिषयमा प्रयाप्त छलफल नगरी बिधी र मान्यता व्यवस्थित नगरी जसरी नेतृत्वले गुटगत अंशबण्डा गरेर टिकट वितरण गरयो यसैले जन्माउने हो अन्तरघात । यसर्थ यसको खोजी पार्टीहरुले सरकारमा पठाउने व्यक्तिहरु छनौट गर्ने मुल्य र मान्यता स्थापित गरेर त्यसलाई संस्थागत गरेर मात्र गर्न सक्छन । एक आपसमा हिलो छयापेर कदापी यसको जरोमा पुग्न सक्दैनन ।

फेसबुकबाट

SHARE