सडक सुरक्षाका लागि सचेतना बढाउन बृतचित्र प्रर्दशन

29

बुटवल, आषाढ २४
कालिका उच्च माध्यमिक विद्यालयका विद्यार्थीहरुलाई यात्राको क्रममा अपनाउनुपर्ने सतर्कता तथा सचेतना सम्बन्धि वृत्तचित्र अवलोकन गराईएको छ ।
लामो समयदेखि सडक, यातायात, तथा दुर्घटना न्यूनिकरणको क्षेत्रमा काम गर्दै आएको सुरक्षित यात्रा अभियान नेपाल र मिडिया प्लसको संयुक्त आयोजनामा उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो ।

     
विद्यालयमा कक्ष्ाँ १० मा अध्ययनरत डेढ सय बढि विद्यार्थीहरुका विच उक्त वृत्तचित्र प्रदर्शन गरिएको हो । युवाहरुमा सडक र सवारीको प्रयोग बारे राम्रो जानकारी नहुंदा दुर्घटनाको जोखिममा पर्ने गरेको भन्दै सवारी, सडक र ट्राफिक नियमबारे जानकारी लिएपछि मात्र सवारी साधन हाक्नुपर्ने सन्देश उक्त वृत्तचित्रमा दिईएको छ ।
सुरक्ष्ँित यात्रा अभियान नेपालका सचिव दिनेश पाण्डेले सबै सडक प्रयोगकर्ताले सडकमा सबैको उत्तिको अधिकार छ भन्ने बुझ्न सके र जिम्मेवार निकायले आफ्नो जिम्मेवारी पुरा गर्न सके दुर्घटना स्वतः न्यूनिकरण हुने बताउनुभयो ।
जहांतहीबाट बाटो काट्ने, दायांवायां नहेर्ने र लाईन लागेर हिड्ने आम विद्यार्थीहरुको बानी हुने गरेको भन्दै त्यसले दुर्घटनाको जोखिम बढाउने बताउनुभयो ।

SHARE