लुम्विनी अञ्चल अस्पतालमा बिरामीलाई समस्या ।

388

आषाढ २३
यस क्षेत्रकै जेठो अस्पताल लुम्बिनी अञ्चल अस्पतालमा बेड अभाव हुंदा विरामीलाई उपचारमा समस्या भएको छ ।
२ सय १० वटा बेड रहेको लुम्बिनी अञ्चल अस्पतालमा ईमरजेन्सीमा मात्र २३ वटा बेड रहेका छन् ।
गर्मी र बर्षा लागेसंगै अस्पतालमा विरामीको चाप बढेपनि बेड अभावका कारण उपचारमा समस्या भएको छ ।
दैनिक ८ सय भन्दा बढि विरामी आउने अस्पतालको ईमरजेन्सीमा मात्र दैनिक २ सय विरामी आउने अञ्चल अस्पतालले जनाएको छ ।
दैनिक २ सयको हाराहारीमा विरामी आउने भएपनि जम्मा २२ वटा बेड भएका कारण उपचारमा समस्या आएको हो । बेड अभावकै कारण विरामीको उपचारमा एउटै बेडमा २ देखि ३ जना राखेर उपचार गरिएको छ ।
१ सय ५० बेडको भवन निर्माणाधिन अवस्थामा रहेको र सो भवन निर्माण पछि मात्र बेडको अभाव नहुने अस्पतालका सूचना अधिकृत लक्ष्मीराज रेग्मी बताए ।
बर्षायामको समयमा भाईरल ज्वरो, सर्पदंशका विरामी, झाडापखलाका विरामीहरु अस्पतालमा बढि मात्रामा आउने गरेका छन् ।
उपचारका लागि अस्पतालमा आएका विरामीका आफन्तले भने बेड अभावका कारण एउटै बेडमा २, ३ जना राखेर उपचार गर्दा संक्रमण बढ्ने बताउंछन् ।
यस क्षेत्रकै ठुलो अस्पताल भएपनि बेड अभाव हुंदा विरामीलाई समस्या हुने गरेको भन्दै बाहिर भएपनि बेड राख्नुपर्ने उहांको भनाई छ ।
अस्पतालमा एकजना विरामीलाई घर पठाएपनि बेड खाली हुन नपाउंदै अर्को थपिने गरेकोले विरामी कुरुवा बस्ने ठाउंमा समेत बेड राखेर उपचार गर्नुपरेको अस्पतालले जनाएको छ ।
असार मसान्त भित्र १ सय ५० बेडको भवन निर्माण कम्पनीले अस्पताल प्रशासनलाई हस्तान्तरण गरेमात्र यसको समाधान हुने अन्यथा यो समस्या भइनै राख्ने अस्पतालले जनाएको छ ।

SHARE