काँग्रेस अर्जै वडा अध्यक्षका उम्मेदवार दिपक भण्डारीकी श्रीमती पैसा बाड्दै गर्दा रंगेहात पक्राउ

3654

गुल्मी, १३ असार । मौन अवधि चलिरहेकै बेला मालिका गाउपालिका वडा नं. ६ अर्जै का काँग्रेस वडा अध्यक्षकी श्रीमती मतदातालाई पैसा बाड्दै गरेको अवस्थामा रंगेहात पक्राउ परेकी छिन् । नेपाली काँग्रेस मालिका गाउपालिका वडा नं. ६ अर्जैका वडा अध्यक्ष पदका उम्मेदवार दिपक भण्डारीकी श्रीमती माया भण्डारीलाई रंगेहात एमालेका कार्यकर्ताहरुले पक्राउ गरेका हुन । श्रीमानलाई जिताउनका लागि मतदाताहरुलाई प्रभावित पार्ने गरी पैसा बाड्न माया भण्डारी गाउमा गएको सूचना पाएपछि एमाले कार्यकर्ताहरुले उनलाई रंगेहात पक्राउ गरेका हुन । पैसा बाडेको भन्दै एमाले मालिका गाउपालिका वडा नं. ६ ले निर्वाचन अधिकृतको कार्यालयमा उजुरी समेत दर्ता गरेको स्रोतले बताएको छ ।
सो वडा बाट एमालेको तर्फबाट वडा अध्यक्षको रुपमा युवा नेता शोभाखर गिरी उम्मेदवार रहेका छन् । जिल्लाकै कान्छो उम्मेदवारको रुपमा रहेक ागिरीको पक्षमा जनमत देखेपछि अतासिएको काँग्रेसले पैसामा मत किन्न खोजेको एमालेको आरोप छ ।

SHARE