उम्मेदवारी मनोनयनमै आचार संहिता उल्लंघन

349

देवदह आषाढ ५
देवदह नगरपालिकामा मनोनयन गर्न जादा नै निर्वाचन आचार संहिता उल्लंघन गरेको पाईएको छ ।
देवदह नगरपालिकाको मेयर पदमा उम्मेदवारी दिएका नेपाली कांग्रेसका हिरा केसी र उपमेयर पदमा उम्मेदवारी दिएकी नेकपा माओवादी केन्द्रकी टिका गौतमले यसरी उल्लंघन गरेका हुन ।


संयुक्त गठबन्धन बनाएर चुनाव लडेका दुवै उम्मेदवारले मनोनयनका लागि निर्वाचन कार्यालय जादा साईत पर्ने नाममा निर्वाचन आचार संहिता बिपरीत बालबालिकाहंरुलाई कलस बोकाएर लगेका थिए भने उक्त दृष्य सामाजिक सञ्जालमा सार्वजनीक भएपछि ब्यापक आलोचना भएको छ ।
दलहरुले यसरी निर्वाचन आचार संहिता उल्लघन गर्दा समेत जिल्ला निर्वाचन कार्यालय मोन बसेको आरोप अन्य पार्टिहरुको छ ।
जिल्ला निर्वाचन कार्यालय रुपन्देहीका प्रमुख हुमनाथ गौतमले कुनैपनि तरीकाले निर्वाचनमा बालबालिकाको प्रयोग गर्नु गराउनु निर्वाचन आचार संहिताको बिपरीत हुने बताउनु भयो ।
निर्वाचन आचार संहिता २०७२ तथा स्थानिय तह निर्वाचन आचार संहिता २०७३ को परिच्छेद २ दफा ४(ड) मा निर्वाचन प्रचार प्रसार आमसभा तथा जुलुसमा बालबालिकाको प्रयोग गर्न वा गराउन नहुने भन्ने उल्लेख गरीएको छ ।
बिभिन्न कार्यक्रम तथा सभा समारोहहरुमा बालबालिकाहरुको प्रयोग ब्यपक रुपमा हुन थालेपछि शिक्षा मन्त्रालयले समेत कुनैपनि नाममा बालबालिकाहरुको प्रयोग नगर्न आग्रह गर्दै आएको छ ।
राष्टिय तथा अन्तराष्टिय मानवअधिकार तथा बालअधिकारको क्षेत्रमा काम गर्ने संघ संस्थाहरुले नेपालमा भैरहेको बालबालिकाको बढदो प्रयोगलाई चिन्ताको बिषय भनेका छन ।

SHARE