पश्चिम नेपाल संघद्धारा बिभिन्न निर्णय सगै सुरक्षा ब्यवस्था गर्न माग

29

बुटवल पौष २२
यस क्षेत्रका यातायात ब्यवसायीहरुले प्रदेश नं ५ को राजधानी बुटवल हुनुपर्ने बताएका छन ।
उनिहरुले शिक्षा, स्वास्थ्य, ब्यवसायको संगै उद्योग र यातायातको समेत केन्द्र रहेको बुटवललाई प्रदेशको केन्द्र बनाउनुको बिकल्प नरहेको बताएका छन ।
यातायात ब्यवसायीहरुले सबै दृष्टिकोणले बुटवल प्रदेशको राजधानीका लागि उपयुक्त स्थान रहेको बताउदै बुटवललाई प्रदेशको राजधानी घोषणा गर्न अलमल गर्न नहुने बताएका हुन ।
यस क्षेत्रका यातायात ब्यवसायीहरु प्रदेशको राजधानी बुटवल बनाउनु पर्छ भन्ने एउटै मत रहेको पश्चिम नेपाल बस ब्यवसायी संघका अध्यक्ष दधिराम खरेलले बताउनु भयो । हामी एक मतका साथ ५ नं प्रदेशको राजधानी बुटवल बन्नेछ भन्नेमा बिश्वस्त छौं । खरेलले भन्नु भयो ।
यसैबिच पश्चिम नेपाल बस ब्यवसायी संघको सुक्रवार सम्पन्न बैठकले रुपन्देही सुरक्षाको दृष्टिकोणले अति असुरक्षित देखिएको बताउदै आम नागरीकको सुरक्षा ब्यवस्था गर्न सरकार संग माग गरेको छ ।
संघले देवदहमा भएको ब्यवसायी बलु पौडेलको हत्या यस क्षेत्रको श्रृखलाबद्ध अपराधको नमुना भएको उल्लेख गर्दै बिगतका घटनामा राज्य संयन्त्र सम्वेदनसिल नहुनुको परिणाम भएको बताएको छ
यसका साथै संघले पेट्रोलियम पदार्थमा सरकारले गरेको मुल्यबृद्धी तत्काल फिर्ता लिन अग्रह गरेको छ । बैठक पछि संघद्धारा जारी बिज्ञप्तीमा पटकपटक सरकारले पेट्रोलियम पदार्थमा मुल्यबद्धी गरेपनि यातायात ब्यवसायी महासंघ संग गरेको बैज्ञानिक भाडादर लागु गर्ने सहमतीका सन्दर्भमा कुनै चासो नदिएको संघको गुनासो छ ।
संघका अध्यक्ष दधिराम खरेलद्धारा जारी बिज्ञप्तीमा मुल्यबृद्धी फिर्ता नलिए ब्यवसायीहरु भाडा बृद्धी गर्न बाध्य हुने उल्लेख गरिएको छ ।

SHARE