मुटु अस्पतालमा नेपालमै पहिलोपटक अत्याधुनिक ईको मेसिनबाट चेकजांच शुरु

530

 

बुटवल, पुष २१
गौतमबुद्ध सामुदायिक मुटु अस्पताल बुटवलमा नेपालमै पहिलो अत्याधुनिक इको मेसिन जडान भएको छ । GE Healthcare, USA को Vivid E 95 मोडलको ईको मेसिन २ करोडको लागतमा नेपालमै पहिलोपल्ट मुटु अस्पतालमा जडान गरिएको अस्पतालद्धारा शुक्रवार पत्रकार सम्मेलन गरी जानकारी दिईएको हो ।
यो मेसिनले मुटु रोगीहरुको उपचारमा थप सहयोग पुग्ने गौतमबुद्ध सामुदायिक स्वास्थ्य संस्थाका अध्यक्ष एजाज आलमले जानकारी गराए । दुई करोड मुल्य पर्ने सो मेसिनको प्रयोगबाट धेरैभन्दा धेरै बिरामीको उपचार तथा जटिल प्रकारका परिक्षणहरु पनि हुने उनको दावि छ ।
अस्पतालका निर्देशक वरिष्ठ मुटुरोग विशेषज्ञ डा. समिर गौतमले जिई कम्पनीको लेटेष्ट कम्पनीको ईको मेसिनबाट मुटुको पछाडीको भागको रहेको सामान्य समस्या समेत पत्ता लगाउन सहज हुने बताए ।
सामान्य ईको मेसिनबाट पत्ता लगाउन नसकिने समस्याहरु पनि यस मेसिनले पत्ता लगाउन सक्ने दावी गरे । मुटुका बिरामीलाई उपचारका लागि बुटवल बाहिर जानु नपर्ने अवस्था बनाउनका लागि प्रबिधि जडानमा जोड दिईएको उनले बताए ।
मूल्यको हिसाबले भिभिद ई नाईन्टी फाईभ मोडलको ईको मेसिन अत्यन्त महंगो भएपनि विरामीसंग लिईने शुल्क भने सामान्य ईकोको शुल्क अनुरुप नै लिईने अस्पतालले जनाएको छ । अस्पतालले यसअघि क्याथ ल्याब सञ्चालनमा ल्याएको थियो ।
अस्पतालले जग्गा प्राप्तीको प्रक्रिया अगाडी बढाईरहेकोले जग्गा प्रँप्ती पछि सुबिधा सम्पन्न भवन निर्माण गरिने बताएको छ ।

 

SHARE