दुर्घटना न्युनिकरणका लागि अभियान थाल्यो ट्राफिक प्रहरीले

18

बुटवल पुष १०

पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालय, बुटवलले सडक दुर्घटना न्यूनीकरणको लागि अभियान थालेको छ । ६ लेन सडकमै पछिल्लो समयमा दुर्घटना बढ्दै गएको छ ।
पश्चिम क्षेत्रीय ट्राफिक प्रहरी कार्यालयले दुर्घटना घटाउने तीनवटा अभियान रुपन्देही सहित तराईका चार जिल्लामा सञ्चालनमा ल्याएको हो ।
दुर्घटना न्यूनीकरण गर्न चालकसंग एकमिनेट, लेन अनुशासन र साझा सिभिल ड्रेसमा ट्राफिक प्रहरी परिचालन गरिएको प्रहरी नायब उपरिक्षक माधवप्रसाद बुढाथोकीले बताए ।
चालकसंग एक मिनेट कार्यक्रम अन्तर्गत सडकमै गाडी रोकेर चालकलाई ट्राफिक नियमबारे प्रशिक्षण दिईने छ । यात्रुलाई कस्तो व्यवहार गर्ने जानकारी गराइनेछ ।
सांझपख भित्रि गल्ली, बाटोमा हेलमेट नलगाई मोटरसाईकल चलाउनेलाई ठाउंको ठाउं हेलमेट किन्न लगाईने प्रहरी नायव उपरिक्षक बुढाथोकीले बताए ।

 

SHARE