बेलहिया हुदै नेपाल आउने पर्यटक संख्या बढ्यो

8

बेलहिया पुष ६
नेपाल प्रवेश गर्ने सबैभन्दा ठुलो स्थलनाका बेलहिया÷सुनौली हुदै नेपाल भ्रमणमा आउने बिदेशी पर्यटकहरुको संख्या गत बर्षको ११ महिनाको तुलनामा यसवर्ष बृद्धि भएको छ ।
अध्यागमन कार्यालय बेलहियाका अनुसार चालु बर्षको २०१७ जनवरीदेखि नोभेम्बर सम्म ११ महिनामा यो नाका हुंदै १ लाख ३४ हजार ७ सय ८ पर्यटक नेपाल भ्रमणमा आएका छन् । यो तथ्यांक भारतीय पर्यटक बाहेकको हो ।
अध्यागमन कार्यालय बेलहियाका सूचना अधिकृत गिरीराज खनालका अनुसार गतबर्षको सोही अबधिसम्म १ लाख ३१ हजार ९ सय ३७ पर्यटक नेपाल आएका थिए । गत बर्षको तुलनामा यो संख्या झण्डै २ हजार ७ सय ७१ ले बढी हो ।
यो नाका हुंदै यो बर्षको जनवरीमा १ हजार ७ सय २६, फेब्रुअरीमा २६ हजार २ सय ७७, मार्चमा २८ हजार ४ सय ५३, अप्रिलमा ६ हजार ४ सय १४, मेमा १ हजार ३ सय ८८, जुनमा ९ सय ५६, जुलाईमा १ हजार ९ सय १३, अगष्टमा ११ हजार ६ सय ८६, सेप्टेम्बरमा ८ हजार ४ सय ८०, अक्टुबरमा १८ हजार २ सय ७७ र नोभेम्बरमा २० हजार ५ सय ८८ पर्यटक नेपाल भित्रिएका छन् ।
चालु महिना डिसेम्बरको १३ दिनमा ८ हजार ६ सय ९ पर्यटक नेपाल आएका छन् । अध्यागमन कार्यालयका अनुसार २०१३ मा खस्किएको पर्यटक आगमन त्यसपछि निरन्तर बृद्धी भईरहेको छ । सन् २०१४ मा १ लाख १७ हजार २ सय ६३, २०१५ मा १ लाख २० हजार ६ सय ३७, २०१६ मा १ लाख ४७ हजार ६ सय ८ पर्यटक यो नाकाबाट नेपाल भित्रिएका थिए ।
चालु बर्षको ११ महिनामा सबैभन्दा बढी ४७ हजार ८ सय ११ श्रीलंकन पर्यटक यो नाका हुंदै नेपाल भ्रमणमा आएका छन् । त्यसपछि थाईल्याण्डका २८ हजार ५ सय ११, म्यान्मारका २४ हजार ५७, दक्षिण कोरीयाका ५ हजार २ सय १३, भियतनामका ४ हजार ३ सय २४, चिनियाँ पर्यटक ३ हजार ९ सय ६१ रहेका छन् । यो नाका हुंदै आउने पर्यटकहरुको मुख्य गन्तब्य बुद्धजन्मस्थल लुम्बिनी हो ।
बुद्धिस्ट देशबाट आएका बौद्धमार्गीहरु लुम्बिनी भ्रमणपछी धेरै भारत तर्फ नै फिर्ता जान्छन् भने केही कपिलबस्तु र रामग्राम स्तुपसम्म पुग्ने गरेका छन् ।
११ महिनामा लुम्बिनी आउने बुद्धिष्ट मुलुकका पर्यटक मात्रै १ लाख १५ हजार बढी रहेका छन् । अन्य मुलुकका पर्यटकहरु युरोपियन, अमेरिकन तथा दक्षिण पूर्बी एशियाका नागरिकहरु भने कोही लुम्बिनी त कोही सिधै पोखरा, चितवन, काठमाण्डौ तथा मनाङ मुस्ताङ जाने गरेका छन् ।

SHARE