आज औद्योगिक प्रदर्शनीको उद्घाटन उपराष्ट्रपतिबाट

8

प्रदर्शनीको पूर्व सन्ध्यामा औद्योगिक जनचेतना ¥याली
बुटवल, पुष ६
रुपन्देही उद्योग संघको आयोजनामा ‘संमृद्ध नेपाल निर्माणको आधार, स्वेदशी उद्यमशीलताको विस्तार’ भन्ने मूल नाराका साथ आज (विहीवार)देखि बुटवलमा १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ सुरु हँुदैछ । प्रदर्शनीको उद्घाटन उपराराष्ट्रपति नन्दकिशोर पुनले गर्नु हुने छ ।
प्रदर्शनीको पुर्व सन्ध्यामा बुधवार औद्योगिक जनचेतना ¥याली निकालिएको छ । प्रदर्शनीस्थल बुटवल मण्डपबाट सुरु भएको ¥याली राजमार्ग चौराहा, मिलनचोक, अस्पताललाईन, ट्राफिकचोक, श्रवणपथ, सुख्खानगर हुदै पुनः प्रदर्शनीस्थलमा आएर समापन भएको थियो । ¥यालीमा जातजाती, भेषभुषा, विद्यालय, धार्मिक, टोल विकास समिति, उद्योग आदि गरी ५० संघसंस्थाहरुको सहभागिता रहेको थियो । प्रदर्शनी मुल आयोजक समितिका पदाधिकारी, उपसमितिका सदस्यहरु, सल्लाहाकारहरुको अगुवाईमा गरिएको ¥यालीमा औद्योगिक विकासका लागि विभिन्न नारा लेखिएका प्ले कार्ड बोकिएको थियो ।
¥यालीको समापनका अवसरमा ¥यालीमा सहभागीहरुलाई मूल्याङ्कन गरी पुरस्कृत गरिएको थियो । औद्योगिक जनचेतना ¥यालीका संयोजक जिवकान्त काप्mलेको दिएको जानकारी अनुसार विभिन्न ६ वटा विधामा पुरस्कृत गरिएको थियो । संयोजक काफ्लेका अनुसार टोल विकास संस्थातर्फ बुटवल उपमहानगरपालिका वडा नं. ८ वडा समन्वय समिति प्रथम, बुद्ध टोल विकास समिति–१२ दोस्रो र श्रृजना टोल विकास समिति–८ तेस्रो, जनजाती तर्फ नेपाल मगर संघ, बु.उ.न.पा प्रथम, नेपाल तामाङ्ग घेदुङ्ग दोस्रो, धार्मीक–सांस्कृतिकतर्फ सन्तोषीमाता गुरुकुल निलकण्डधाम प्रथम, दि आर्ट आफ लिभिङ्ग, बुटवल सेन्टर दोस्रो र बुटवल क्रिश्चियन समाज, बुटवल तेस्रो भएका छन् ।
त्यसैगरी क्लब–संघसंसथातर्फ क्षेत्री समाज, रुपन्देही प्रथम, इनरव्हिल क्लब, बुटवल दोस्रो र गौतम बुद्ध सामुदायिक अस्पताल, बुटवल तेस्रो, उद्योग तथा उद्योग समितितर्फ नेपाल कपडा तथा सिलाई व्यवसायी संघ प्रथम, डिजाइनर टेलरिङ्ग इन्ष्टिच्यूट दोस्रो र नेपाल व्यूटिसियन संघ, बुटवल तेस्रो तथा सामाजिक तथा बातावरणीय समितितर्फ बटौली संरक्षण संवद्र्धन समुह प्रथम, जिल्ला भलिवल संघ, रुपन्देही दोस्रो र ब्रेभ गोर्खा क्लब तेस्रो भएका छन् ।
¥यालीमा सहभागी र पुरस्कृतहरुलाई कार्यक्रमका प्रमुख अतिथि रुपन्देही क्षेत्र नं.१ का प्रदेशसभा सदस्य लिला गिरीले प्रमाणपत्र वितरण गर्नु भएको थियो । कार्यक्रममा मूल्याङ्कन समितिका संयोजक बोनिन पियाले मूल्याङ्कन प्रतिवेशन सार्वजनिक गर्नु भएको थियो । कार्यक्रममा सल्लाहाकार समितिकातर्फबाट भुपाल कुमार श्रेष्ठ, संघसंस्थाका तर्फबाट रुपन्देही व्यापार संघका अध्यक्ष मोतीराज पाण्डे, निवर्तमान अध्यक्ष वोनिन पिया लगायत बोल्नु भएको थियो । कार्यक्रम मुल समितिका संयोजक दिनेशराज रेग्मीको अध्यक्षता, सदस्य सचिव माधव पौडेलको सञ्चालन र औद्योगिक जनचेतना ¥यालीका संयोजक जिवकान्त काप्mलेको स्वागतमा भएको थियो ।
स्वदेशी उत्पादनको प्रदर्शन र बजारीकरण गर्ने मुख्य उद्देश्यका साथ सञ्चालन हुने १४ औं राष्ट्रिय औद्योगिक प्रदर्शनी कृषि, प्रविधि तथा पर्यटन महोत्सव–२०७४ को तयारी पूरा भएको छ । यस पटकको प्रदर्शनीमा ६ लाख दर्शकले अवलोकलन गर्ने र २० करोडको आर्थिक कारोवार हुने लक्ष्य राखिएको छ । प्रदर्शनीमा औद्योगिक प्रविधि, सूचना प्रविधि, रेष्टुरेन्ट, अटो, कृषि, हस्तकला, फलोरिकल्चर, गार्मेन्ट, बेकरी तथा कन्फेक्सनरी, छालाजुत्ता, खाद्यान्न, आइटी लगायतका गरी ५ सय स्टल रहने छन् ।
प्रदर्शनीलाई मनोरञ्जनात्मक बनाउन लोकदोहोरी प्रतियोगिता, नेपालका ख्यातिप्राप्त आधुनिक गायक गायिका, हास्य कलाकार, ब्याण्डहरुको सांगीतिक कार्यक्रम, विद्यालय स्तरीय लोकनृत्य प्रतियोगिता, प्रदर्शनी आइडल, आरसिआइ ट्यालेन्ट हन्ट लगायतका प्रतियोगिताहरु रहने छन् ।
प्रदर्शनीमा प्रविधिबारे जानकारी दिने, उद्योगी र उपभोक्ताहरूको सोझो सम्पर्कको स्थापना गर्ने, उत्पादित बस्तुहरूको बजार प्रवद्र्धन र गुणात्मक प्रतिस्पर्धाको विकास गर्ने, उद्योगीहरूका बीचमा समस्या, अवसर र चुनौतीबारे अन्तरक्रिया गर्ने, सूचना र प्रविधिको विकास, विस्तार र आदान–प्रदान गर्ने, पर्यटन क्षेत्रको विकास, सान्दर्भिक गोष्ठी, अन्तरक्रिया र कार्यशालाको आयोजना गर्ने, अवलोकनकर्ता र उपभोक्ताहरूको सुझावहरूको संकलन गरिने जनाइएको छ ।

 

SHARE