मुटु अस्पतालद्धारा स्थापना दिवसमा रक्तदान

73

बुटवल पुष ४
गौतमबुद्ध सामुदायिक मुटु अस्पतालले आफ्नो पांचौ स्थापना दिवसको अवसरमा मंगलबार रक्तदान कार्यक्रम सम्पन्न गरेको छ । पांचौ बार्षिक साधारण सभाको अवसरमा अस्पतालले रक्तदान कार्यक्रम आयोजना गरेको हो ।
कुनैपनि विरामीको रगतको अभावमा अकालमा ज्यान नजाओस भन्ने उद्देश्यले अस्पतालले हरेक वर्ष आफ्नो स्थापना दिवसको अवसरमा रक्तदान कार्यक्रम आयोजना गर्दै आएको छ ।
अस्पतालले रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलको सहकार्यमा मंगलवार रक्तदान कार्यक्रम आयोजना गरेको होे ।
रक्तदान कार्यक्रमको शुभारम्भ गर्दै अस्पतालका अध्यक्ष एजाज आलमले अस्पतालले विरामीहरुको उपचार गर्ने मात्र नभई रक्तदान तथा अन्य सचेतनाका कार्यक्रमहरु आयोजना गर्दै आएको बताए ।
कार्यक्रममा अस्पतालका सहसचिव बाबुराम बोहोरा, रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष रामप्रसाद बस्याल, रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष अभिषेक गुप्ता लगायतले बोलेका थिए ।
रक्तदान कार्यक्रममा ४० जनाले रक्तदान गरेको अस्पतालले जनाएको छ । अस्पतालले आफ्नो पांचौ स्थापना दिवस तथा संस्थाको संरक्षक संस्था रुपन्देही उद्योग संघको ४० औं स्थापना दिवसको अवसरमा अस्पतालले मंसिर १० गतेदेखि पौष ९ गतेसम्म ओपिडी शुल्क संगै विभिन्न प्याकेजको परिक्षणमा छुट गर्दै आएको छ ।
अस्पतालले एक महिनाको अवधीसम्म ओपिडी शुल्क एक रुपैया कायम गरेको छ । त्यस्तै सुगर र यूरिन आर.इ. निःशुल्क परिक्षण गर्नुको साथै १ सय रुपैयांमा इ.सि.जि. र ५ सय रुपैयांमा थाईराईड परिक्षण गर्दै आएको छ ।
फुलबडी परिक्षण र मृगौलाको प्याकेजहरुमा पनि पनि २० प्रतिशत छुट उपलब्ध गराएको अस्पतालले जनाएको छ । अस्पतालले यहि पुष १० गते आफ्नो पाचौ स्थापना दिवस मनाउंदै छ ।

SHARE