अवको शिक्षा सिकाईमा केन्द्रित हुनुपर्ने

8

बुटवल पुष ४
शिक्षाको गुणस्तरमा बृद्धि गर्दै अबको शिक्षा सिकाईमा केन्द्रीत हुनुपर्ने एक कार्यक्रमका बक्ताहरुले जोड दिएका छन् ।
प्राविधिक शिक्षा व्यवसायीक तालिम परिषद् दिगो तथा सम्मानित रोजगारीका लागि सिप परियोजनाले बुटवलमा प्राविधिक तथा व्यवसायीक शिक्षा र तालिम सम्बन्धमा गरेको अभिमुखीकरण कार्यक्रमका सहभागिहरुले अबको शिक्षा सिकाई केन्द्रीत हुनुपर्ने बताएका हुन् ।
प्रविधिको विकाससंगै अब शिक्षक, विद्यार्थीहरु चल्नुपर्ने भन्दै विद्यालयमा विद्यार्थी पढ्ने नभई सिक्ने हुनुपर्ने उनीहरुको जोड थियो ।
अहिलेसम्म भएको शिक्षा परिणाम मुखी नभएको भन्दै अब पाठयक्रम, पाठयपुस्तक, शिक्षक सबै फेरिएर भएपनि परिणामी सिकाई दिनुपर्ने उनीहरुको भनाई थियो ।
कार्यक्रममा बोल्दै प्राविधिक शिक्षा व्यवसायीक तालिम परिषद्का उपाध्यक्ष डा. कुल बहादुर बस्नेतले साधारण शिक्षाले अब रोजगार सिर्जना गर्न नसक्ने भन्दै त्यसका लागि परिषद्ले दिगो रोजगार र सिप सम्बन्धी तालिमको आयोजना गरेको बताए ।
प्रविधिको प्रयोग गरेका विद्यार्थीहरु कस्तो प्रविधि हो भन्ने नै जानकारी नभएको भन्दै रोजगारमुलक सिकाई अहिलेको आवश्यकता रहेको बताए ।
उनले शिक्षाको विकास अब स्थानिय सरकारमा आएको भन्दै राम्रो शिक्षा प्रदान गर्नेलाई मात्र कार्यक्रमहरु दिन सुझाव दिए । त्यसैगरी सिटिईभीटीका निर्देशक महेश भट्टराईले अबको शिक्षा रोजगार मुलक र उत्पादन मुलक हुनुपर्ने बताए ।
उनले पुस्ता हस्तान्तरण गर्दा चाहिने दक्ष जनशक्ति उत्पादन हुने खालको शिक्षा आवश्यक रहेको बताए । सरकारले शिक्षामा अर्बौ रुपैया लगानी गरेपनि प्रतिफल आउन नसकेको भन्दै अब शिक्षा प्रणालीमा सुधारको समेत आवश्यकता रहेको बताए । बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले काम गरे अनुसार ज्याला पाउने जस्तै शिक्षामा पनि प्रगति अनुसार प्रतिफल पाउनुपर्ने बताए ।
शिक्षामा लगानी गर्ने तर प्रतिफल आए नआएको बारे सरकारले चासो नदिदा शिक्षामा गुणात्मक विकास हुन नसकेको उनको भनाई थियो ।
कार्यक्रममा सहभागिहरुले रोजगारमुलक शिक्षा अहिलेको आवश्यकता रहेको भन्दै शिक्षण सिकाई क्रियाकलापमा पनि परिवर्तन ल्याउनुपर्नेमा जोड दिएका थिए ।

SHARE