सरकार कार्तिक ५ बाट काम चलाउ- कानुन ब्यवसायी

11

बुटवल पुष ४
कार्तिक ५ गते देखि नै सरकार काम चलाउ भइसकेकाले नयां प्रधानमन्त्री नियुक्त गर्न कुनै कानुनी अड्चन नभएको कानुन व्यवसायीहरुले बताएका छन् ।
सरकार काम चलाउ रहेकोले प्रधानमन्त्रीले राजिनामा दिन नपर्ने भन्दै प्रधानमन्त्री छनोट भएमा काम चलाउ सरकार आफै पछि हट्ने उनीहरुको भनाई छ ।
प्रगतिशिल तथा पेशागत कानुन व्यवसायी संगठन प्रदेश नंं ५ समन्वय समितिले बुटवलमा पत्रकार सम्मेलन गरी नयां प्रधानमन्त्रीको नियुक्ती र राष्ट्रिय सभाको गठनबारे जानकारी गराएको हो ।
दुई तिहाई सदस्यहरुको बहुमत सहित सरकार बनाउन नयां जनादेश प्राप्त गरेका संयुक्त बामगठबन्धनको समर्थन प्राप्त गर्ने प्रतिनिधी सभाका सदस्यलाई राष्ट्रपतिबाट प्रधानमन्त्रीमा नियुक्त गर्नुको विकल्प नभएको उनीहरुले बताए ।
पत्रकार सम्मेलनमा बोल्दै प्रदेश नं. ५ का संयोजक कमल प्रसाद मलेगोले प्रधानमन्त्री पदबाट मुक्त भैसकेपनि अर्को प्रधानमन्त्री नियुक्त भै नयां मन्त्री परिषद् गठन नहुंदा सम्म संविधान अनुरुप काम चलाउ भएको उनले बताए ।
उनले अहिलका प्रधानमन्त्री शेरबहादुर देउवाको राजिनामा विनानै नयां प्रधानमन्त्रीको नियुक्त गर्न संविधान र कानुनले बाटो नछेकेको प्रष्ट पारे ।

SHARE