बाम एकता भाडने षडयन्त्र भयो -गोकर्ण विष्ट

43

बुटवल पुष ४
नेकपा एमालेका सचिव तथा गुल्मी क्षेत्र नम्बर २ का प्रतिनिधीसभा सदस्य गोकर्ण विष्टले वाम एकता भाड्ने षडयन्त्र भईरहेको दावी गरेका छन् ।
वामपन्थी गठवन्धनले देशलाई स्थिरता र आर्थिक विकाश गर्ने देखेर देशी÷विदेशी शक्तिको चलखेल सुरू भइरहेको भन्दै यसबाट एमाले र माओवादी दुवै पार्टीका नेताहरु सजग हुनुपर्ने बताए ।
एमाले गुल्मी रुपन्देही सम्पर्क मञ्च क्षेत्र नम्बर २ ले बुटवलमा आयोजना गरेको बधाई तथा सम्मान कार्यक्रममा बोल्दै विष्टले एमाले र माओवादी बीचको एकता देखेर विभिन्न शक्तिकेन्द्रहरू यसलाई भाड्ने षडयन्त्रमा लागेकोले यसका विरूद्ध सबैले खवरदारी गर्न आवश्यक रहेको बताए ।
विष्टले अब बन्ने सरकारले मुलुकमा तीब्र आर्थिक विकास गरी मुलुकलाई आर्थिक समृद्धिको दिशामा लैजानुको विकल्प नभएको बताएका छन् । जनताले बाम गठबन्धनलाई मुलुकमा आर्थिक विकास र समृद्धि गर्ने जिम्मेवारी दिएको भन्दै अबको सरकारले जनअपेक्षा पूरा गर्ने बताए ।
पूर्व मन्त्री समेत रहेका विष्टले गुल्मीको विकासमा आफू सधै लागिरहने बताए । उनले गुल्मी क्षेत्र नं २ को विकास नेपालकै नमुनाको रुपमा गर्ने भन्दै खरले छाएको सवैको छाना अब राता टिनले छाउने गरी विकास गर्ने बताए ।
शहरमा ६० किलोमिटर सडक निर्माण गर्ने पैसाले पहाडमा मुस्किलले ३, ४ किलोमिटर मात्र सडक निर्माण गर्न सकिने भएपनि सबै गाउं र टोलमा पुग्ने सडक सञ्जालको विस्तार गर्ने उनले बताए ।

SHARE