लक्ष्मी माविमा निशुल्क दन्त शिवीर

61

 

बुटवल, पुष ३
रोटरी क्लब अफ तिनाउ बुटवलले विद्यार्थीहरुको निशुल्क दन्त परिक्ष्ँण शिवीर गरेको छ । बुटवल उपमहानगरपालिका वडा नं. ४ स्थीत लक्ष्मी माध्यमिक विद्यालयमा अध्यनरत विद्यार्थीहरुको निशुल्क दन्त परिक्षण गरिएको हो ।
शिवीरमा क्लबका युथ सर्भिस डाईरेक्टर एवं कार्यक्रम संयोजक डा. सन्जु पाठक, डा. दिपेन्द्र पोखरेल, डा. मनिषा चौधरी र डा. दिपा पौडेल सहित एसिस्टेन्ट सोनम सारुको टोलीले विद्यालयमा नर्सरीदेखि १० कक्षासम्म अध्ययनरत साढे दुईसय बढि विद्यार्थीहरुको दांत परिक्षण गरेको थियो ।
शिवीरमा दांत परिक्षण गरिएकाहरुमा अधिकांशमा दांतमा किरा लाग्ने समस्यासंगै दांतको सरसफाईमा कमी देखिएको शिवीरमा सहभागि डा। दिपेन्द्र पोखरेलले जानकारी दिए ।
डा. सन्जु पाठकले घरपरिवारले बालबालिकाको दांतको सरसफाईप्रति ध्यान दिएर उनिहरुलाई दैनिक दांत माझ्न नलाउनुपर्ने बताईन् । केटाकेटी उमेरमा दांतमा किरा लाग्ने र दांतको सरसफाईप्रति ध्यान नदिंदा पछि गएर मुखको समस्या समेत देखिने गरेको भन्दै उनले खाना खाईसकेपछि सांझ र विहान नै दांत माझ्नो बानिको विकास गर्नुपर्ने बताईन् ।
दांतमा रोग लागिसकेपछि त्यसको उपचार महंगो हुनेमात्र नभई शरिरका अन्य अंगहरुसंग समेत दांतको सम्बन्ध रहने गरेकोले दांत जोगाउनु आवश्यक रहेको बताईन् ।
क्लबका सर्भिस प्रोजेक्ट कमिटी डाईरेक्टर सोनाली गुरुङले क्लबको वार्षिक कार्ययोजना अनुरुप विद्यार्थीहरुको दन्तपरिक्षण गरी आवश्यकता अनुसार औषधी वितरण गरिएको जानकारी दिईन् ।
विद्यालयका प्रधानाध्यापक लक्ष्मी गुरुङले बुटवल भित्रै रहेर पनि सम्बन्धित निकायको ध्यानमा नपरेको विद्यालयमा क्लबले शिवीर संचालन गरी विद्यार्थीहरुको स्वास्थ्य र चेतना अभिवृद्धिमा सहयोग पु¥याएको भन्दै खुशी व्यक्त गरिन् ।

SHARE