स्याङजाको मालुङगामा निशुल्क स्वास्थ्य शिवीर

139

 

बुटवल, पुष २
रोटरी क्लब अफ सेन्ट्रल बुटवल र रोट्¥याक्ट क्लब अफ सेन्ट्रल बुटवलको आयोजना तथा गौतमबुद्ध सामुदायिक मुटु अस्पतालको प्राविधीक सहयोगमा स्याङजाको मालुङगामा निशुल्क स्वास्थ्य शिवीर सम्पन्न भएको छ ।
शिवीरमा गल्याङ नगरपालिका, मालुङगा रुपन्देही सम्पर्क समाज, प्राथमिक स्वास्थ्य केन्द्र मालुङगा, कालिगण्डकी ज्ञान विज्ञान प्रतिष्ठानको समेत सहयोग रहेको थियो ।
शिवीरको उद्घाटन गर्दै स्याङजा क्षेत्र नंं २ का नवनिर्वाचित प्रतिनिधीसभा सदस्य पद्मा कुमारी अर्यालले ग्रामिणतह सम्म पुगी सरकारी स्तरबाट दिनुपर्ने स्वास्थ्य सेवाहरु सामुदायिक अस्पतालले प्रदान गरेकोमा आयोजक र अस्पतालप्रति आभार व्यक्त गरिन् ।
उनले ग्रामिण क्षेत्रका नागरिकहरु आफ्नो स्वास्थ्यप्रति कम सजग रहंदा मुटु, दम तथा मृगौला सम्बन्धि रोगहरुको जोखिममा पर्ने गरेको उल्लेख गर्दै आफ्नो स्वास्थ्य प्रति सजगता अपनाउन सर्वसाधारणलाई आग्रह गरिन् । उनले भर्खरै प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचन सम्पन्न भएको र अब बन्ने सरकारले नागरिककोे स्वास्थ्यको विषयलाई प्राथमिकतामा राखेर योजना बनाउनुपर्ने बताईन् ।
उक्त शिवीरमा ७ सय ७९ जनाको निशुल्क स्वास्थ्य परिक्षण गरी आवश्यकता अनुसार अन्य परिक्षण र औषधी समेत वितरण गरिएको अस्पतालले जनाएको छ ।
जनअनुसार १ सय ६२ जनाको ईको, ४ सय ८२ जनाको ईसिजी, ४० जनाको पिएफटी र ६ सय २५ जनाको ल्याब परिक्षण गरिएको अस्पतालका अध्यक्ष एजाज आलमले जानकारी दिए ।
शिवीरमा बरिष्ट मुटुरोग विशेषज्ञ एवं अस्पतालका निर्देशक डा। समिर गौतमको नेतृत्वमा, अन्य मुटुरोग विशेषज्ञ, जनरल फिजिसियन, मेडिकल अफिसर गरी ५० जना स्वास्थ्यकर्मीले विरामीहरुको स्वास्थ्य परिक्षण गरेका थिए ।
रोटरी क्लब अफ सेन्ट्रल बुटवलका अध्यक्ष रामप्रसाद बस्यालको अध्यक्षता, कार्यक्रम सहसंयोजक बाबुराम भट्टराईको धन्यवाद तथा हिमाल गैरेको संचालनमा सम्पन्न भएको थियो ।

SHARE