सकियो रुपन्देहीको प्रत्यक्ष तर्फको मतगणना

13

बमगठबन्धनको बहुमत
रुपन्देहीमा प्रतिनीधी सभा र प्रदेस सभा दुवै तर्फ बाम गठबन्धनले बहुमत ल्याएको छ । ५ प्रतिनीधी सभा र १० प्रदेस सभा रहेको रुपन्देहीमा प्रतिनीधी सभा तर्फ बामले ३ लोकतान्त्रीक गठबन्धनले २ तथा प्रदेस सभा तर्फ बामले ५, लोकतान्त्रीकले ३ र सघिंय समाजबादी फोरमले १ स्थानमा जित हासिल गरेका छन् ।
प्रतिनीधी सभा तर्फ क्षेत्र नं १ मा एमालेका स्थायी कमीटी सदस्य छवीलाल बिस्वकर्माले काँग्रेस नेता एवं खानेपानी तथा सरसफाई राजय मन्त्री अब्दुल रज्जाकलाई पराजीत गर्दै बिजयी भए । सविधान सभा दोस्रो निर्वाचनमा रज्जाकले बिस्वकर्मालाई पराजीत गरेका थिए । यसपटक नतीजा उल्टाउदै बिस्वकर्माले जित हासिल गरेका हुन् ।
एकको प्रदेस सभा १ एमालेका डा कृष्ण न्यौपाने बिजयी भएका छन् । उनले लोकतान्त्रीक गठबन्धका ताहीर अली भाटलाई हराउदै बिजयी भएका हुन् । न्यौपानेले १९ हजार ५ सय २० मत ल्याएका थिए । भने उनका निकटतम प्रतिद्धन्द्धी राप्रपा प्रजातान्त्रीकका अलीले १३ हजार १ सय ४१ मत ल्याए । एकको प्रदेस सभा २ मा माओबादी केन्द्रका दधीराम न्यौपाने बिजयी भएका छन् । उनले १३ हजार ९४ मत ल्याए । भने प्रतिस्पर्धी काँग्रेसका हरी न्यौपानेले ११ हजार १ सय ८ मत ल्याए । प्रतिनीधी सभा क्षेत्र नं २ मा एमालेका उपमहासचिव बिष्णु पौडेल प्रतिस्पर्धी काँग्रेसका महासमिती सदस्य युवराज गीरीलाई भारी मतअन्तरले पछि पार्दै बिजयी भएका छन् ।
पौडेल यो क्षेत्रबाट लगातार तेस्रो पटक बिजयी भएका हन् । उनले ४४ हजार ९ मत ल्याएर बिजयी भए । प्रतिस्पर्धी काँग्रेसका गिरीले २१ हजार ९ सय ४६ मत ल्याए । २ को दुईबटै प्रदेस सभा तर्फ पनि एमालेले जित हासिल गरेको छ । प्रदेस सभा १ मा २१ हजार ७ सय ३४ मतका साथ एमालेका लिला गरी बिजयी भएका छन् । उनका निकतम प्रतिद्धन्द्धी काँग्रेसका काजीमान श्रेष्ठले ९ हजार ७ सय ७८ मत ल्याए । प्रदेस सभा दुईमा एमालेका भोज प्रसाद श्रेष्ठ बिजयी भएका छन् । उनले २१ हजार १ सय ३७ मत ल्याए । उनका निकतम प्रतिद्धन्द्धी काँग्रेसका महेसमान सिंहले १२ हजार ५ सय ६८ मत ल्याएका छन् ।
प्रतिनीधी सभा ३ मा स्वास्थ्य मन्त्री एवं राप्रपा प्राजातान्त्रीकका बरिष्ठ उपाध्यक्ष लोकतान्त्रीक गठबन्धनका उम्मेदवार दिपक बोहोरालाई हराउदै एमाले उपमहासचिव घनश्याम भुसाल बिजयी भएका छन् ।
भुसाल ३२ हजार ८ सय ६६ मत ल्याई बिजयी भए । उनका निकतम प्रतिद्धन्द्धी बोहोराले २७ हजार ४ सय ४२ मत ल्याए । प्रदेस सभा तर्फ १ मा सधिय समाजबादी फोरमका सन्तोस पाण्डे बिजयी भएका छन् । उनले लोकतान्त्रीक र बाम गठबन्धनका उम्मेदवारलाई पछि पार्दै बिजयी भएका हुन् । पाण्डेले ११ हजार ४ सय ७७ मत ल्याई बिजयी भएका हुन् । उनका निकतम प्रतिद्धन्द्धी काँग्रेसका देवि प्रसाद चौधरीले १० हजार ३ सय २८ मत ल्याए । तेस्रो स्थानमा रहेका बाम गठबन्धन मओबादी केन्द्रका अनुप बरालले ९ हजार ८ सय ३७ मत ल्याएका छन् ।
प्रदेस सभा २ मा एमालेका तुल्सी प्रसाद चौधरी बिजयी भएका छन् । उनले १८ हजार ६ सय १५ मत ल्याई बिजयी भए । काँग्रेसका हरीध्वज मल्ले १६ हजार ७ सय १ मत ल्याएर दोस्रो स्थान हासिल गरेका छन् । प्रतिनीधी सभा ४ मा भने प्रतिनीधी सभा र प्रदेस सभा दुवै तर्फ काँग्रेस उम्मेदवार बिजयी भएका छन् ।
प्रतिनीधी सभा तर्फ राष्ट्रिय जनता पार्टी (राजपा) का बरीष्ठ नेता सवेन्द्र नाथ शुक्लालाई हराउर्दै काँग्रेसका प्रमोद यादव बिजयी भएका छन् । यादवले ३१ हजार ७ सय १ र शुक्लाले २० हजार ४ सय १६ मत ल्याए । एमालेका उम्मेदवार ओम प्रकास यादव गुल्जारीले ४ हजार ७० मत ल्याई तेस्रो स्थानमा रहे । प्रदेस सभा १ मा काँग्रेसका अष्टभुजा पाठक ९ हजार ६४ मत ल्याई बिजयी भएका छन् । उनका निकतम प्रतिस्र्धी राजपाका हजरत अलीले ४ हजार ६ सय ३४ मत ल्याए ।
सघिंय समाजबादी फोरमका कन्हैया वनियाले ४ हजार ६ सय ३४ मत ल्याई तेस्रो स्थानमा रहेका छन् । भने एमालेकी पल्लधी शुक्लाले २ हजार ३ सय ३९ मत ल्याईन । प्रदेस सभा २ मा काँग्रेसका बसिउद्धीन खाँ बिजयी भएका छन् । उनले १२ हजार १ सय १३ मत ल्याए । भने निकतम प्रतिद्धन्द्धी स्वतन्त्र उम्मेदवार बिरेन्द्र कलवारले ५ हजार ७ सय ६९ मत ल्याए । कलवार खाँनको बागी उम्मेदवार थिए । यो क्षेत्रमा स्वतन्त्र बालकृष्ण त्रिपाठी ३ हजार ४ सय ९९ मत ल्याई तेस्रो भएका छन् ।
जिल्लाको प्रतिनीधी सभा ५ मा काँग्रेसका भरतकुमार शाह बिजयी भएका छन् । उनी ३३ हजार ८८ मत ल्याई बिजयी भएका हुन् । उनका प्रतिस्पर्धी माओबादी केन्द्रका डिलाराम आचार्यले २० हजार ४ सय ३८ मत ल्याए । शाह यसअघी पनि यही क्षेत्रबाट बिजयी भएका थिए । प्रदेस सभा १ मा एमालेका भुमीस्वर ढकाल बिजयी भएका छन् ।
उनी काँग्रेसका बिष्णु प्रसाद पोखरेललाई हराउर्दै बिजयी भएका हुन् । ढकालले २२ हजार २५ तथ पोखरेलले १५ हजार ४ सय १६ मत ल्याएका छन् । यो षेत्रमा सघिय समाजबादी फोरमका शुशिल थारु ३ हजार ८ सय ४ मत ल्याएर तेस्रो स्थानमा रहेका छन् । प्रदेस सभा २ मा काँग्रेसका फकरुद्धीन खाँन बिजयी भएका छन् । उनी १६ हजार ६ सय ८३ मत ल्याई बिजयी भए । भने निकतम प्रतिद्धन्द्धी सघिय समाजबादी फोरमकी रमाबती यादवले ९ हजार २ सय ५० मत ल्याईन ।

 

SHARE