पाल्पामा ढिलोगरी मतगणना सूरु

4

तानसेन मंसिर २२
पाल्पामा दिउसो १ बजे देखी मतगणना शुरु भएको छ । पाल्पा दरवार संग्रालयमा मतगणना भईरहेको छ । क्षेत्र नंं १ को ४ स्थान र क्षेत्र नंं २ को ४ स्थानमा मत गणना शुरु भएको हो । प्रत्येक निर्वाचन क्षेत्रको प्रतिनिधीसभा र प्रदेशसभाको चार चार स्थानमा मतगणना भईहरहेको छ । प्रत्येक दुई दुई घण्टामा मत परिणाम सार्वजनिक गर्ने मुख्य निर्वाचन अधिकृतको कार्यालयले जनाएको छ ।
मतगणना लाई सुरक्षित व्यस्थित बनाउनको दरवार प्रवेशको पहिलो गेटबाट सुरक्षा चेकजाचँ कडा पारिएको छ । मतगणनाको कमाण्ड दरवार संग्रालय परिसरमा समेत निर्वाचन अधिकृतको कार्यालय बाट वितरण गरिएको पास होल्डर व्यक्ति, पत्रकार मानवअधिकार कर्मी र प्रर्यवेक्षकहरु लाई मात्र प्रवेश दिएको छ ।
मतगणना स्थलमा सिसि क्यामेरा जडान गरि सुरक्षा लाई कडा पारिएको छ । मतगणना स्थलमा राजनितिक दलका एजेण्टहरु तारजाली बाट हेर्न सकिने गरी व्यबस्थापन गरिएको छ । राजनितिक दलका प्रतिनिधीहरुले मतपत्र हेर्न पाउने तर पत्यक्ष हातले छुन नपाईने गरी सुरक्षा व्यबस्था गरिएको छ ।
मतगणना स्थलमा नेपाल प्रहरी, शसस्त्र प्रहरी नेपाली सेना र राष्ट्रिय अनुसन्धानका कर्मचारी परिचालन भएका छन । मतदान स्थल कमाण्डमा वरीपरी जगेडा सुरक्षाकर्मी तैनाथ राखिएको छ । पत्रकारहरुको लागी समाचार संकलन गर्न सहजहोस भनी दरवार परिसरमा मिडिया सेन्टर स्थापना गरिएको छ ।
पाल्पामा हिजो सम्पन्न निर्वाचनमा ६७.८८ प्रतिशत मत खसेको छ । १ लाख ८१ हजार २ सय ५५ मतदाता मध्ये १ लाख २३ हजार ४० मतदाताले पाल्पामा मतदान गरेका छन । जसमा ६९ हजार ८ सय ५८ महिला र ५३ हजार १ सय ८१ जना पुरुषले पाल्पामा मतदान गरेका छन । स्थानीयतहमा भन्दा हिजो सम्पन्न भएको निर्वाचनमा ५ प्रतिशत मत कम खसेको छ । स्थानीयतह निर्वाचनमा पाल्पा बाट ७२ प्रतिशत मत खसेको थियो ।

पाल्पाको प्रारम्भिक चुनावी अवस्था ।
पाल्पामा निर्वाचन क्षेत्र नंं १ को प्रतिनिधीसभाको लागी ११ जना उम्मेदवार चुनावी मैदानमा उत्रिएपनि मुख्य प्रतिष्पर्धा बामगठवन्धनका साझा उम्मेदवार नेकपा एमालेका दलबहादुर राना र नेपाली काग्रेसका उम्मेदवार विजय घिमिरे विच देखिएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नंं १ को प्रदेशसभा क मा ७ जना उम्मेदवार चुनावी मैदानमा रहेपनि मुख्य प्रतिष्पर्धा बामगठवन्धनका साझा उम्मेदवार नेकपा एमालेका युवराज खनाल र नेपाली काग्रेसका उम्मेदवार देवराज ढकाल विच देखिएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नंं १ को प्रदेशसभा ख मा ७ जना उम्मेदवार चुनावी मैदानमा रहेपनि मुख्य प्रतिष्पर्धा बामगठवन्धनका साझा उम्मेदवार नेकपा एमालेका नारायण आचार्य र नेपाली काग्रेसका उम्मेदवार दान बहादुर पछाई विच देखिएको छ ।
पाल्पामा निर्वाचन क्षेत्र नंं २ को प्रतिनिधीसभाको लागी १० जना उम्मेदवार चुनावी मैदानमा उत्रिएपनि मुख्य प्रतिष्पर्धा बामगठवन्धनका साझा उम्मेदवार नेकपा एमालेका सोम प्रसाद पाण्डे र नेपाली काग्रेसका उम्मेदवार हरी प्रसाद नेपाल विच देखिएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नंं २ को प्रदेशसभा क मा ११ जना उम्मेदवार चुनावी मैदानमा रहेपनि मुख्य प्रतिष्पर्धा बामगठवन्धनका साझा उम्मेदवार नेकपा एमालेका डा. पुरनमान बज्रचार्य र नेपाली काग्रेसका उम्मेदवार माधव नेपाल विच देखिएको छ ।
पाल्पा निर्वाचन क्षेत्र नंं २ को प्रदेशसभा ख मा ६ जना उम्मेदवार चुनावी मैदानमा रहेपनि मुख्य प्रतिष्पर्धा बामगठवन्धनका साझा उम्मेदवार नेकपा माओवादीका तुलाराम घर्तिमगर बसन्त र नेपाली काग्रेसका उम्मेदवार रामबहादुर कार्की विच देखिएको छ ।

SHARE