प्रतिनिधीसभा र प्रदेशसभा निर्वाचनको मतदान जारी

3

 

बुटवल, मंशिर २१
प्रतिनिधीसभा र प्रदेशसभा अन्तर्गत दोस्रो चरणको निर्वाचन भईरहेको छ । दोश्रँे चरणमा ४५ वटा जिल्लामा आज निर्वाचन हुंदै छ । रुपन्देहीका पनि सबै निर्वाचन क्षेत्रका मतदान केन्द्रहरुमा शान्तिपूर्ण रुपमा मतदान कार्य जारी रहेको निर्वाचन कार्यालयले जनाएको छ ।
बिहान ७ बजेदेखि सांझ पांच बजेसम्म मतदानको व्यवस्था मिलाईएको निर्वाचन कार्यालयले जनाएको छ ।
जिल्लाको पांचवटा प्रतिनिधीसभा र १० वटा प्रदेशसभा क्षेत्रका सबै मतदान स्थल र मतदान केन्द्रहरुमा बिहानैदेखि मतदाताहरु निर्वाचनमा सहभागि भईरहेका छन् ।
रुपन्देहीमा विहानै ७ बजे देखि शान्तीपुर्ण ढंगले मतदान सुरु भएको छ । पांचवटा निर्वाचन क्षेत्र रहेको जिल्लामा ५ प्रतिनिधीसभा सदस्यका उम्मेदवार तथा १० जना प्रदेश सभाका उम्मेदवार निर्वाचित हुनेछन् ।
५ लाख २२ हजार ६ सय २ मतदाता रहेको जिल्लामा २ सय ८ मतदान स्थल र ५ सय ९८ मतदान केन्द्रबाट मतदान भईरहेको छ । यता जिल्लाका बाम गठबन्धनका प्रतिनिधीसभा सदस्यका उम्मेदवार दुई जनाले आफैलाई भने मत राख्न पाएनन् ।
रुपन्देही क्षेत्र नं. १ का प्रतिनिधी सभा सदस्यका उम्मेदवार छविलाल विश्वकर्माले रुपन्देही क्षेत्र नं. २ को लुम्बिनी बाणिज्य क्याम्पसबाट मतदान गरेका छन् भने रुपन्देही क्षेत्र नं. ३ का बामगठबन्धनको प्रतिनिधी सभा सदस्यका उम्मेदवार घनश्याम भुषालले रुपन्देहीको क्षेत्र नं. १ बाट मतदान गरेका छन् ।
त्यस्तै क्षेत्र नं. १ अन्तर्गत प्रदेशसभा दुईका बामगठबन्धनका उम्मेदवार दधिराम न्यौपानेले पनि क्षेत्र नं. २ को बुटवल १३ बेलबास मतदान स्थलबाट मतदान गरेका छन् । त्यसैगरी रुपन्देही क्षेत्र नं. २ का बामगठबन्धनका उम्मेदवार तथा एमाले उपमहासचिव विष्णु पौडेलले बुटवलको डिभिजन सडक कार्यालयबाट विहान ७ बजे नै मतदान गरेका छन् ।
लोकतान्त्रिक गठबन्धनका उम्मेदवार क्षेत्र नं. २ का युवराज गिरीले बुटवलकै शिद्देश्वरी लालकुमारी उच्च माध्यमिक विद्यालयबाट मतदान गरेका छन् ।
मतदान गरेपछि सञ्चारकर्मीलाई संक्षिप्त प्रतिक्रिया दिदै बामगठबन्धका रुपन्देही क्षेत्र नं. २ का उम्मेदवार विष्णु पौडेलले निर्वाचनपछि अब देशमा स्थायी सरकार निर्माण हुने र देशमा रोजगारको अवस्था सिर्जना हुने, पुर्वधारको विकाशले फड्को मार्ने बताए ।
त्यसैगरी लोकतान्त्रिक गठबन्धनका उम्मेदवार क्षेत्र नं. २ ले युवराज गिरीले प्रदेश सभा र प्रतिनिधी सभाको निर्वाचनपछि देशले नयाँ फड्को मार्ने बताए ।
रुपन्देही क्षेत्र नं १ का बामगठबन्धका उम्मेदवार छविलाल विश्वकर्माले देशको आर्थिक समृद्धि अबको निर्वाचनबाट हुने बताएका छन् ।
त्यसैगरी अर्का उपमहासचिव एवं क्षेत्र नं. ३ का प्रतिनिधीसभा सदस्य उम्मेदवार घनश्याम भुसालले तिलोत्तमा ९ तुल्सीपुर मतदान केन्द्रबाट मतदान गर्दै छन् ।
उता नेपाली कांग्रेसका केन्द्रिय सदस्य बालकृष्ण खांणले तिलोत्तमा ८ स्थीत ज्योति आधारभुत विद्यालयबाट विहान ८ बजे नै मतदान गरेका छन् । मतदान पछि संक्षिप्त प्रतिकृया दिदै नेता खांणले निर्वाचनको माध्यमबाट नै जनताका अधिकार स्थापित हुने बताए ।
उता रुपन्देहीमा उत्साहपूर्ण मतदान सुरु भएको छ । प्रतिनिधि सभाका ५ र प्रदेशसभाका १० निर्वाचन क्षेत्र रहेको जिल्लामा मतदाताहरु बिहानैदेखि लाईन बसेर मतदान गरिरहेका छन् ।
बिहान ७ बजे सिद्धार्थनगर नगरपालिका वडा नं. ३ स्थित खजहना प्राविको मतदान केन्द्रमा मतदान गर्दै स्वास्थ्य मन्त्री तथा संयुक्त लोकतान्त्रिक गठबन्धन रुपन्देही क्षेत्र नं. ३ का प्रतिनिधिसभा सदस्य पदका उम्मेदवार दीपक बोहराले अब देशले विकासको गति लिने बताए । उनले जनताले आफै चुनेका आफ्नो प्रतिनिधिहरुले संविधान कार्यान्वयनसंगै विकासको अपेक्षा गरेकाले त्यो पुरा हुने बताए ।
जिल्लामा ५ लाख २२ हजार ६ सय २ जना मतदाता छन् । निर्वाचन सहज बनाउन २ सय ८ मतदान स्थलमा ५ सय ९८ मतदान केन्द्र तोकिएको छ ।

SHARE