मजदुरको मृत्यु

2

 

बुटवल, मंशिर १६
बुटवलको कालिकानगरमा घर बनाउने क्रममा माटोको ढिस्को भत्किदा एकजना कामदारको मृत्यु भएको छ भने तीनजना घाईते भएका छन् ।
घर बनाउनका लागि खाडल खनिएको माटोको भित्तो भत्किएर पुरिंदा एकजनाको मृत्यु भएको र तीन जना कामदार घाईते भएको प्रहरीले जनाएको छ ।
मृत्यु हुनेमा भिकारी महतो रहेको प्रहरीले जनाएको छ । त्यस्तै युवराज चौधरी, वुद्विमान चौधरी र प्रतिमा कुमारी घाईते भएका छन् । मृत्यु हुने भारतीय नागरिक हुन् भने घाईतेहरुको घर दाङ भएको बताईएको छ ।
घाईतेहरुको बुटवलस्थित लुम्बिनी सिटी अस्पतालमा उपचार भईरहेको छ ।

SHARE