आर्थिक सम्वृद्धि कांग्रेसबाटै – चौधरी

2

 

बुटवल, मंशिर १६
नेपाली कांग्रेसका समानुपातिक उम्मेदवार बिनोद चौधरीले मुलुकको आर्थिक समृद्धि नेपाली कांग्रेसबाट मात्रै सम्भव भएको बताएका छन् । लोकतन्त्र र अर्थतन्त्र एक अर्काका पर्यायवाची भएको बताउंदै उनले लोकतन्त्र बिना अर्थतन्त्रको सुधार सम्भव नभएको बताए ।
नेपाली कांग्रेस उद्योगी व्यबसायी परिचालन समिति रुपन्देहीले बुटवलमा आयोजना गरेको उद्योगी व्यबसायी भेलालाई सम्बोधन गर्दै चौधरीले अबको आर्थिक परिवर्तनको नेतृत्व नेपाली कांग्रेसले गर्ने दावी गरे ।
उनले मुलुकमा लामो समयदेखिको राजनीतिक परिवर्तन अन्त्य भएको र अब आर्थिक समृद्धिको लागि नेपाली कांग्रेसले राजनीति मात्रै नगरेर बिकासका काम गर्ने प्रतिवद्धता व्यक्त गरे ।
कार्यक्रममा बोल्दै नेपाली कांग्रेसबाट रुपन्देही क्षेत्र नं २ का प्रतिनीधिसभा सदस्य उम्मेदवार युवराज गिरीले यस क्षेत्रको औद्योगिक बिकासका लागि एकवर्ष भित्रै बुटवल धागो कारखाना सञ्चालन गर्ने, मोतिपूर औद्योगिक क्षेत्रको स्थापना गर्ने र मजदुरलाई रोजगारी प्रदान गर्ने प्रतिवद्धता व्यक्त गरे । यसले मुलुकको आर्थिक बिकास फड्को मार्ने र विदेश पलायन भईरहेका मजदुरलाई रोक्न सकिने उनको भनाई थियो ।
कार्यक्रममा प्रदेशसभा २ का उम्मेदवार महेशमान सिंहले नेपाली कांग्रेस उद्योगी व्यबसायीकै पक्षमा रहेकोले नीजि क्षेत्रको प्रवद्र्धनमा कहिल्यै नचुक्ने बताए । उद्योगी व्यबसायी परिचालन समितिका संयोजक हिराप्रसाद श्रेष्ठको अध्यक्षतामा भएको कार्यक्रममा सहसंयोजक जिवन वझा, सचिव बोनीन पिया लगायतले बोलेका थिए ।

SHARE