बामगठबन्धनले कांग्रेस अत्तालियो-प्रचण्ड

3

 

कपिलवस्तु, मंशिर १६
नेकपा माओवादी केन्द्रका अध्यक्ष एवं पूर्व प्रधानमंत्री पुष्पकमल दाहाल प्रचण्डले वाम गठवन्धन नेतृत्वको सरकार भारत र चीन दुवै देशसंग असल सम्वन्ध स्थापित गरी अघि बढ्न सक्ने बताएका छन् ।
कपिलवस्तुको मायादेवी गाउंपालिकाको पकडीमा वाम गठवन्धनले आयोजना गरेको आमसभालाई सम्वोधन गर्दै पूर्व प्रधानमंत्री दाहालले मुलुकभर वाम गठवन्धनको लहर देखेर नेपाली कांग्रेस अत्तालिएको बताए ।
वाम गठवन्धनको सरकार आए मुलुकमा अधिनायकवाद आउंछ भन्नु नेपाली कांग्रेसको पराजित मानसिकता रहेको उनको भनाई थियो । बामगठबन्धन प्रति कांग्रेसलाई नआत्तिन आग्रह गर्दैं अध्यक्ष दाहालले फुटेको बाम आन्दोलनलाई जोड्ने प्रयास गरेको भन्दै कांग्रेसलाई पनि विचार मिल्ने पार्टीसंग एकता गर्न सुझाव दिए ।
दाहालले वाम गठवन्धनको सरकारले भारतसंग असल सम्वन्ध स्थापित गरी मुलुकको दिगो विकास गर्न सक्ने दावी गरे ।
७० बर्ष देखिको राजनीतिक अस्थिरता र राजनीतिक अराजकता अन्त्यको लागि छिमेकी राष्ट्रहरुले पनि बामगठबन्धनलाई साथ दिएको प्रचण्डले जिकिर गरे । मुलुकमा स्थायी सरकार हुन नसक्दा राजनैतिक अस्थिरता र आर्थिक विकास हुन नसकेको भन्दै यसपटक वाम गठवन्धनको नेतृत्वमा स्थायी सरकार बन्ने नेता दाहालले दावी गरे ।
नेपाली कांग्रेसलाई पनि बृहत्तर लोकतान्त्रिक पार्टी निर्माण गरी अघि बढ्न आग्रह गर्दै नेता दाहालले साना मसिना पार्टीलाई एकीकरण गरी अब मुलुकमा २ वटा पार्टी मात्रै निर्माण हुनुपर्ने बताए । अब नेपाल समृद्धिको दिशामा अगाडी बढिसेकेको भन्दै उनले आगामी पांच बर्ष भित्रमा देशलाई एशियाकै विकसित मुलुकमा पु¥याउने दावी गरे ।

SHARE