प्रदेश राजधानी रुपन्देही – एमाले उपमहासचिवद्धय, हामी एक अर्काका परिपुरक हौ

260

 

भैरहवा, मंसिर १६ । नेकपा एमालेका उपमहासचिवद्धय विष्णु पौडेल र घनश्याम भुसालले रुपन्देहीको समग्र विकासको जिम्मा लिन आफूहरु तयार रहेको प्रष्टाएका छन् । सुरु भएका विकासका आयोजनाहरु सम्पन्न गर्दै रुपन्देहीलाई विकासको नमूना जिल्ला बनाउन उनीहरुले बाम गठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे ।
शनिबार भैरहवामा नेकपा माओवादी केन्द्रका नेताहरु समेत सम्मिलित पत्रकार सम्मेलनमा उपमहासचिवद्धय पौडेल र भुसालले जिल्लामा हाल सञ्चालन भैरहेका विकासका ठूला आयोजनाहरुमा आफूहरुको भूमिका महत्वपूर्ण रहेको प्रष्टाए । “भैरहवामा अन्तर्राष्ट्रिय स्तरको विमानस्थल बनाउन संसदमा हस्ताक्षर बुझाउंदा हामीहरु दुवै जना सांसद थियौं ।” उप–महासचिव पौडेलले भने “त्यसले अहिले साकार रुप लिंदैछ । भैरहवामा अरु पनि विकासका पूर्वाधारहरु बनाउनुछ । घनश्याम जीको साथ पाउंदा यहां धेरै काम गर्न सकिन्छ ।”
अर्का उप–महासचिव भुसालले बलियो सरकार गठन भएमा भैरहवाको अन्तर्राष्ट्रिय विमानस्थलको निर्माण कार्य नौ÷दश महिनामा सकिने बताउंदै त्यसपछि पर्यटन प्रवद्र्धनका कामहरु गरिंदा समग्र रुपन्देहीकैं कायापलट हुने बताए । उनले भैरहवामा अन्तर्राष्ट्रिय क्रिकेट मैदान बनाउने, बुटवलमा जस्तै अन्तर्राष्ट्रिय स्तरको सभाहल बनाउने लगायत विकासको प्रष्ट भिजन बामगठबन्धनसंग रहेको जनाए । मुलुकको समृद्धिको लागि लुम्बिनीको विकास हुनुपर्ने र लुम्बिनीको विकास हुन भैरहवाको विकास हुनुपर्ने उनले बताए ।
आफूले विगतमा एक्लै जित्दा विकासका कतिपय कामहरु चाहेर पनि गर्न नसकेको बताउंदै उप–महासचिव पौडेलले यसपटकको चुनावमा बामगठबन्धनलाई जिताउन मतदातालाई आग्रह गरे । यसअघि बुटवल क्षेत्रबाट चुनाव जितेका पौडेल अहिले पनि सोही क्षेत्रबाट उम्मेदवार छन् भने ८६ मतले हारेका भुसाल रुपन्देही क्षेत्र नं. ३ का उम्मेदवार हुन् ।
“उहां (भुसाल) ले चुनाव त जितिसक्नुभयो । म सबैलाई आग्रह गर्न चाहन्छु–उहांलाई धेरैभन्दा धेरै मतले जिताऔं । मुलुकको राजनीतिक स्थायित्व र समृद्धिका लागि उहांको खांचो छ ।”उप–महासचिव पौडेलले भने, “क्षेत्र नं. ३ मा उहां सहित विश्वासजी र तुलसीजीको जीत पनि सुनिश्चित भैसक्यो । कसैलाई विश्वास लाग्दैन भने भैरहवाका टोलटोल, टिकुलिगढ, सियारी, ओमसतिया, शुद्धोधन, सेमलार, मोतिपुरका गाउंगाउंका मतदातालाई सोधे हुन्छ ।” उनले क्षेत्र नं. ३ मा भुसालसहित बामगठबन्धनका उम्मेदवारहको जीतको जिम्मा आफूले लिने प्रष्टाए ।

हामी एक अर्काका परिपुरक हौ कसैलाई भ्रम नपरोस
उपमहासचिब पौडेलले भुसाल र आफु बिच कुनै अन्तरबिरोध नभएको प्रस्ट पार्दै अन्य प्रतिस्प्रर्धी दलले चुनाबी एजेण्डा नपाएर भ्रामक हल्ला फैलाएको प्रति सचेत रहन सबैमा आग्रह गरे ।
नेता पौडेलले भने “घनश्याम भुसाल र बिष्णु पौडेल एक अर्काका परिपुरक हुन् । हामीमा अन्तरबिरोध छ भनेर कसैले पनि भ्रम नपाले हुन्छ” । नेता पौडेलले एमाले दुई नेताकका बिचमा भ्रम सृजना गर्नेहरुलाई बिचराको संज्ञा दिदै रुपन्देहीको समग्र बिकासका लागी भुसाल र पौडेलको आवश्यकता रुपन्देहीबासीले चाहेको बताए । उनले घनश्याम भुसालको अनुहारमा बिष्णु पौडेल र बिष्णु पौडेलको अनुहारमा घनश्याम भुसाल देखिने भन्दै बाम गठबन्धनका लागी अहोरात्र खटिने हामी दुई नेता बिच अन्तरबिरोध छ भन्नु हास्यासपद भएको जिकिर गरे ।
नेता पौडेलले कमरेड घनश्याममा जे क्षमता छ त्यो ममा छैन । ममा जे क्षमता छ त्यो घनश्यामजीमा छैन भन्दै यसको फ्युजन हुंदा देश र रुपन्देहीले कांचुली फेर्नै दाबी गरे । उनले भने “घनश्याम र म मा एक अर्काका बिरोधी होइन एक अर्काको छायां खोज्नुहोस । हामी एक अर्काका परिपुरक हौं कसैलाई भ्रम नहोस” ।
“निर्वाचनमा बिकास निर्माणका कुनै योजना र निति नभएका अन्य दलले यस्तै भ्रम फिजाउदै हिडछन्” नेता पौडेलले भने “रुपन्देही क्षेत्र नं. ३ मा घनश्याम भुसालको तुलना अन्य उम्मेदवार संगै हुनै सक्दैन म एक्लैले मात्र जितेर केही हुंदैन, दुवै उपमहासचिव सहित राष्ट्रिय महत्वका सबै नेताले जित्यौं भने ५ बर्षमा समग्र लुम्बिनीको विकासको मुल फुट्नेछ” ।

अर्का उपमहासचिब भुसालले नेता पौडेल र आफु बिच अन्तरबिरोध भएको भ्रामक प्रचार गरेर चुनाब जितिन्छ भन्ने सपना नदेख्न प्रतिस्प्रर्धी दललाई चेतावनी दिए । उनले राष्ट्रिय राजनितिमा नेता पौडेल र आफ्नो भुमिका उल्लेखनिय भएको चर्चा गर्दै आफुहरु बिच कुनै अन्तरबिरोध नभएको र बिकास निर्माणमा सधै संगसंगै हिडिरहेको बताए ।
नेता भुसालले बिजुलीको पोल खसालेर, रक्सी मासु ख्वाएर पंचायतकालमा जस्तो निर्वाचन जितिने युग समाप्त भएको भन्दै बिकास निर्माणका निति नहुनेहरुले जनतालाई भेडाबाख्रा जस्तै किन्ने प्रयास गरेको बताए ।
प्रदेश सभा उम्मेदवार बिश्वास बराल अनुपले प्रतिस्प्रर्धी दलहरुको हार निश्चित भए पछि बिभिन्न षडयन्त्रमा लागिरहेको बताउदै त्यसका बिरुद्ध बाम गठबन्धन एकजुट भएर सामना गर्ने बताए । उनले सामन्ती संस्कार भएकाहरुले स्वाभिमानी जनतालाई सधै दास बनाउने गरेकाले अहिले निर्वाचनमा पनि रक्सी मासु र पैसामा मत किन्ने प्रयास गरेपनि त्यो सफल नहुने बताए ।
संयुक्त प्रचारप्रसार समितिका संयोजक नरेश केसीको अध्यक्षता, सहसंयोजक कमल रायमाझीको संचालन र हितराज पन्थीको स्वागतमा कार्यक्रम सम्पन्न भएको थियो ।

 

SHARE