टिट्वान्टीको उपाधी फर्साटिकरलाई

7

 

बुटवल, मंशिर १३
प्रथम वेष्ट्रन कप टिट्वान्टी क्रिकेट कप २०७४ प्रतियोगिताको उपाधी फर्साटिकर क्रिकेट क्लबले हात पारेको छ । वेष्ट्रन क्रिकेट क्लबको आयोजनामा नवजिवन खेल मैदानमा बुधबार भएको फाईनल खेलमा लुम्बिनी खुकुरी क्लबलाई २५ रनले पराजित गर्दै फर्साटिकर क्रिकेट क्लबले उपाधि हात पारेको हो ।
उपाधिसंगै फर्साटिकरले कप, नगद ५० हजार, प्रमाणपत्र, मेडल हात पारेको छ । उपविजेता लुम्बिनी खुकुरी कप, नगद २५ हजार, प्रमाणपत्र, मेडलमा चित्त बुझाएको छ ।
वेष्ट्रन क्रिकेट क्लबका सन्दिप सुनार म्यान अफ दी सिरिज घोषित हुदै नगद ५ हजार, खुकुरीका शंकर राना उत्कृष्ट ब्याट्समेन, फर्साटिकरका पुष्प थापा उत्कृष्ट बलर घोषित हुदै नगद २ हजार ५ सय, ट्रफी तथा रोयल क्रिकेट एकेडेमीका राहुल शर्मा उदियमान खेलाडी घोषित हुंदै नगद १ हजार पांचसय र ट्रफीबाट पुरस्कृत भएका छन् ।
टस जितेर व्याटिङ रोजेको फर्साटिकरका व्याट्सम्यानले २० ओभरमा ६ विकेटको नोक्सानीमा १ सय ६५ रनको लक्ष्य खडा गरेको थियो ।
फर्साटिकरका योगेन्द्रसिंह कार्कीले ३९, मिनास थापाले ३८, सुरेन्द्र चन्दले २८ र सन्दिप जाराले १९ रन जोडेका थिए ।
खुकुरीका रोहित कुमार पौडेलले २ विकेट लिएका थिए । मध्यम लक्ष्य पछ्याएको खुकुरी पुरै ओभरमा ५ विकेटको नोक्सानीमा १ सय ४१ रनमात्र बनाउन सफल भयो । खुकुरीका प्रज्वल थापा ५० रन जोडेपनि जितका लागि सफल भएनन् । खेलमा रोहित पौडेलले ३२ र शंकर रानाले १९ रनको योगदान दिएका थिए ।
खेलमा फर्साटिकरका मिनस थापा म्यान अफ दी म्याच घोषित भएका थिए । एक समारोहका बिच विजेता, उपविजेता टिम तथा उत्कृष्ट खेलाडीलाई रुपन्देही क्रिकेट संघका अध्यक्ष प्रशान्त विक्रम मल्ल, सचिव सञ्जय गुरुङ, तिलोत्तमा क्रिकेट विकास समितिका अध्यक्ष सुनिल ढुंगाना, वेष्ट्रन क्रिकेट एकेडेमीका अध्यक्ष राहुल विक, खेल संयोजक भुवन पाण्डेले संयुक्त रुपमा पुरस्कार वितरण गरेका थिए ।

SHARE