आचारसंहिता विपरित ह्युमपाईप बाढ्दै बोहोरा

28

 

बुटवल, मंशिर १३
वहालवाला स्वास्थ्यमन्त्री दिपक बोहोराले मतदाता प्रभावमा पार्न तिलोत्तमा नगरपालिकामा बितरण गर्न ल्याएका ह्युम पाईप स्थानीयले नियन्त्रणमा लिएर जनप्रतिनिधीलाई बुझाएका छन् ।
तिलोत्तमा नगरपालिका वडा नं। १४ मा वितरण गर्न लागेका ४ थान ह्युम पाईप स्थानियले नियन्त्रणमा लिएर जनप्रतिनिधीलाई बुझाएका हुन् ।
यसअघि बोहोराले सनिवार सांझ शुद्धोधन गाउंपालिकाका विभिन्न वडाहरुमा विजुलीका पोल वितरण गरेका थिए । पद र पैसाको आडमा आचारसंहिताको ठाडो उल्लंघन गर्दै मतदाता खरिदमा तल्लीन बोहोराले मंगलबार सांझ चारबजे झण्डावाला गाडि लिएरै कार्यकर्तालाई ह्युम दिएर पठाएका थिए ।
टिकुलीगढ माध्यमिक विद्यालयदेखि गाईफार्म जाने १ किलोमिटर बाटोको बीचमा बोहोराका कार्यकर्ताले ह्युम पाईप झारेका थिए । तिलोत्तमा नगरपालिका वडा नंं १४ का अध्यक्ष सोहन प्रसाद थारुले बाटो पीच गर्न नगरपालिकाबाट बजेट छुट्टाइसकेको बताउंदै ह्युम पाईपको लागि कुनै बजेट नपरेको उनले बताए ।
थारुले निर्वाचनलाई प्रभाव पार्न आचारसंहिता विपरित ह्युम पाईप झार्नु गलत भएको बताए ।
उपभोक्ता समितिका सदस्य होम शंकर भट्टराईले आफु समितिको सदस्य भएकाले यहां कुनैपनि ह्युम पाईपको योजना नपरेको र राप्रपाको निजी स्वार्थका लागि पाईप झारेको बताए ।
यसै आर्थिक बर्षभित्र ५ लाख नगरपालिका र ५ लाख ४१ हजार स्थानिय स्रोतबाट उक्त सडकको २ सयमिटर पिच गर्ने गरी काम अगाडि बढेको नगरपालिकाले जनाएको छ ।

SHARE