मिडियाकपको उपाधी खस्यौलीलाई लुम्बिनी टेलिभिजन उपविजेता

54

 

बुटवल, मंशिर १२
खस्यौली एफएमले चौथो दैनिकपत्र मिडिया कप भलिवल प्रतियोगिता २०७४ को उपाधि कब्जा गरेको छ । दैनिकपत्रको वार्षिकोत्सवको अवसरमा बुटवल मण्डपमा भएको फाईनल खेलमा लुम्बिनी टेलिभिजनलाई ३र१ को सेटले हराउंदै खस्यौलीले उपाधि हात पारेको हो ।
उपाधिसंगै खस्यौलीले नगद १५ हजार, कप र मेडल प्राप्त गरेको छ भने उपबिजेता बनेको लुम्बिनी टेलिभिजनले १० हजार पुरस्कार, कप र मेडल पाएको छ ।
प्रतियोगितामा बुद्ध टेलिभिजनले तेस्रो हुंदै ५ हजार नगद पुरस्कार पाएको छ । त्यसअघि अन्तिम क्वाटरफाईनलमा खस्यौलीले आयोजक दैनिकपत्रलाई सोझो दुई सेटले पाखा लगाएको थियो ।
पहिलो सेमिफाईनलमा तिनाउ एफ एमलाई सोझो दुई सेटमा हराउंदै लुम्बिनी टेलिभिजन फाईनलमा प्रवेश गरेको थियो ।
दोश्रो सेमिफाईनलमा खस्यौलीले बुद्ध टेलिभिजनलाई हार चखाउदै फाईनलको यात्रा तय गरेको थियो ।
१२ वटा टिम सहभागी रहेको प्रतियोगितामा बिजेता टिमलाई पुरस्कार तथा प्रमाणपत्र प्रदान गर्दै बुटवल उपमहानगरपालिकाका प्रमुख शिवराज सुवेदीले दैनिकपत्रले वार्षिक उत्सवका अवसरमा भलिवल प्रतियोगिता लगायतका विभिन्न रचानात्मक काम गरेकोमा वुटवल उपमहानगरपालिकाका तर्फबाट बधाई तथा शुभकामना व्यक्त गरे ।
त्यस्तै नेपाल भलिवल संघका पूर्व केन्द्रीय सदस्य टुकबहादुर क्षेत्रीले दैनिकपत्रको १४ औं वार्षिक उत्सवमा राष्ट्रिय खेल भलिवल प्रतियोगिता लगायतका विभिन्न रचनात्मक कार्यक्रम आयोजना गरेकोमा बधाई दिदै यस्ता कार्यक्रमहरु आगामी दिनहरुमा पनि निरन्तरता दिन सुझाव दिए ।
कार्यक्रममा लुम्बिनी सामुदायिक टेलिभिजनका समाचार प्रमुख भगवती पाण्डेले दैनिकपत्रले भलिवल खेलको आयोजना गरी पत्रकारहरुलाई एउटा महत्वपूर्ण अवसर दिएको र उनीहरु लेखन र समाचार सम्प्रेषणमा मात्र नभएर खेलहरुमा पनि दक्ष छन् भन्ने कुरा पुष्टि गरेको बताईन् । दैनिकपत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईंले खेलमा रुपन्देहीका सञ्चार माध्यम र सक्रिय पत्रकारहरुको उत्साहपूर्ण सहभागिता भएकोमा खुसी प्रकट गर्दै खेलमा सहभागी तथा उत्कृष्ट नतिजा ल्याउने सबैलाई बधाई तथा शुभकामना दिए ।
सो कार्यक्रममा दैनिकपत्रका प्रबन्ध सम्पादक क्रषि आजादले दैनिकपत्रको वार्षिकोत्सवका कार्यक्रमको महत्व प्रकाश पारेका थिए । कार्यक्रमको सञ्चालन सिपि खनालले गरेका थिए भने प्रतियोगिताको समापन भलिबल खेलका संयोजक लक्ष्मण पोख्रेलले गरेका थिए ।
मंसीर ११ गते देखि शुरु भएकोे दैनिकपत्रको वार्षिकोत्सव बिभिन्न चरणमा गरी माघ मसान्त सम्म जारी रहने छ ।

SHARE