यादव र चौहान भए पहलवान घोषित

7

 

बुटवल, मंशिर १२
पोखरभिण्डीमा भएको बिराट दंगल प्रतियोगितामा भारतीय दुई पहलवानहरुलाई संयुक्त रुपमा बिजयी घोषणा गरिएको छ ।
निर्धारित समयसम्म पनि खेल निर्णयमा नपुगेपछि आयोजकले दुवैलाई संयुक्त बिजयी घोषणा गरेका हुन् ।
पोरखभिण्डीमा सम्पन्न भएको २१ औं श्रीराम धनुष महायज्ञ तथा बिराट दंगल प्रतियोगिता अन्तर्गत अन्तिम दिन कुस्ती खेल भएको हो । नेपाल तथा भारतबाट आएका ५० जोडी भन्दा बढी पहलवानहरुले प्रतियोगितामा भाग लिएको आयोजक मेला समितिका अध्यक्ष सरोज कुमार पाण्डेले बताए ।
उक्त प्रतियोगितमा गोरखपुरका अमित यादव तथा निचलौलका जितेन्द्र चौहानलाई संयुक्त बिजयी घोषणा गरि नगद २५ हजार रुपैया प्रदान गरिएको थियो ।
कुस्तीको उद्घाटन गर्दै संघिय समाजवादी फोरमका युवा नेता तथा रुपन्देही क्षेत्र नम्बर १ बाट प्रतिनिधि सभा सदस्य उम्मेदवार बिद्या प्रसाद यादवले कुश्ती खेल जोगाउन सरकारले बिशेष पहल गर्नुपर्ने बताए ।
मधेशमा अत्यधिक रुचाईएको यो खेल खेलाडीहरुका उत्साहको लागी उनिहरुलाई खेल मैदान उपलब्ध गराउन आवश्यक रहेको बताए । खानपिनमा बिशेष ध्यान दिने कुश्ती खेलाडीहरुको कुनै नियमित आयश्रोत नहुदा नया पहलवानहरु यो खेलमा आउन चाहदैनन भने भएका पहलवानहरु समेत बिस्थापित हुने अवस्थामा आएका छन् ।
मेला आयोजक समितिका अध्यक्ष सरोज कुमार पाण्डेले पराम्परागत कुस्ती खेल संरक्षण तथा बिकासको लागी नियमित रुपमा यो खेलको आयोजना गरिएको बताए ।
८ गतेदेखि शुरु भएको उक्त मेला अविधभर सांस्कृतिक कार्यक्रम रामलीला, पराम्परागत झांकी प्रदर्शन समेत रहेको थियो ।

SHARE