मिडियाकपमा लुम्बिनी टेलिभिजन सेमिफाईनमा

8

 

बुटवल, मंशिर ११
चौथो दैनिकपत्र मिडिया कप भलिवल प्रतियोगिता शुरु भएको छ । बुटवल मिडिया प्रकाशन प्रा.लि. द्वारा प्रकाशित दैैनिकपत्र दैनिकको १४ औं बार्षिकोत्सवको अवसरमा आयोजना भएको भलिवल प्रतियोगितामा जित निकाल्दै लुम्बिनी सामुदायिक टेलिभिजन, बुद्ध सामुदायिक टेलिभिजन र तिनाउ एफ एम सेमिफाईनलमा प्रवेश गरेका छन् ।
पहिलो क्वार्टर फाईनलमा जागरण एफएमलाई सोझो सेटमा हराउदै लुम्बिनी टेलिभिजन सेमिफाइनलमा पुगेको हो । लुम्बिनीले जितका लागि २५/१८ र २५/१७ को सेट दर्ता गरेको थियो । जागरणले रेडियो नमस्ते अनुपस्थित भएपछि वाकओभर पाएको थियो ।
दोस्रो क्वार्टर फाईनलमा बुद्ध टिभीले रेडियो लुम्बिनीलाई सोझो सेटमा हरायो । उसले रेडियो लुम्बिनीलाई पाखा लगाउन २५/९ र २५/१३ सेट तयार पा¥यो ।
तेस्रो क्वार्टर फाईनलमा तिनाउ एफएमले मलमलालाई स्तब्ध पा¥यो । गौतमबुद्ध सन्देशलाई सोझो सेटमा हराउदै क्वार्टर फाइनल प्रवेश गरेको तिनाउले २५/२३ र २५/१७ सेट निकालेर अन्तिम चारमा सुरक्षित भएको हो ।
पहिलो सेमिफाइनलमा लुम्बिनी टेलिभिजन र तिनाउ एफएम भिड्ने खेल संयोजक लक्ष्मण पोखरेलले जानकारी दिए । अन्तिम क्वार्टरफाइनल मंगलबार बिहान हुने छ ।
यसअघि प्रतियोगिताको उद्घाटन गर्दै नेपाल पत्रकार महासंघका केन्द्रीय अध्यक्ष गोबिन्द आचार्यले मोफसलको पत्रकारितामा दैनिकपत्र अब्बल पत्रिकाको रुपमा स्थापित र जनस्तरमा विश्वसनीय पत्रिकाको रुपमा आफुले पाएको बताए ।
उनले पत्रकारहरुले आचार संहितामा ध्यान दिदै आफ्नो पेशालाई व्यवसायिक, मर्यादित र अझ विश्वसनीय बनाउनु पर्नेमा जोड दिए ।
उद्घाटन कार्यक्रममा लुम्बिनी बौद्ध विश्वविद्यालयका रजिष्टार तिलक आचार्य, रुपन्देही उद्योग संघका अध्यक्ष दिनेशराज रेग्मी, नेपाल पत्रकार महासंघ रुपन्देहीका पूर्व अध्यक्ष विनोद पहाडि, महासंघका अध्यक्ष यानेन्द्र जिसी, नेपाल प्रेस युनियन रुपन्देहीका अध्यक्ष बिक्रम खड्का, प्रेस चौतारी रुपन्देहीका उपाध्यक्ष लक्ष्मण पौडेल, प्रेस सेन्टर प्रदेश नं ५ का उपाध्यक्ष रुद्रहरि कुंवर, प्रगतिशील पत्रकार संघका जिल्ला अध्यक्ष श्याम पोख्रेल, प्रेस सोसाईटी प्रदेश नं ५ का संयोजक टोपराज शर्मा लगायतले रचनात्मक सुझाव सहित शुभकामना व्यक्त गरे ।
वुटवल मिडिया प्रकाशन प्रालिका कार्यकारी प्रमुख तथा दैनिकपत्रका प्रधान सम्पादक बालकृष्ण चापागाईंको अध्यक्षता खेल संयोजक लक्ष्मण पोखरेलको स्वागत र सीपी खनालको सञ्चालनमा कार्यक्रम सम्पन्न भएको थियो ।
प्रतियोगिताको प्रथम हुने टिमले नगद १५ हजार सहित शिल्ड मेडल र प्रमाणपत्र तथा द्वितिय टिमले नगद १० हजार र तृतिय हुने टिमले नगद ५ हजार तथा शिल्ड मेडल र प्रमाणपत्र प्राप्त गर्ने छन् ।

SHARE