पांच दिन मदिरा बेच्न नपाईने

8

 

बुटवल, मंशिर ११
मंसिर २१ गते हुने दोस्रो चरणको प्रतिनिधिसभा र प्रदेशसभा निर्बाचनलाई लक्षित गरी रुपन्देहीमा पांचदिन मदिरा विक्री–वितरणमा रोक लगाईएको छ ।
जिल्ला प्रशासन कार्यालय रुपन्देहीले सोमबार सूचना जारी गरी मंसिर १८ गते देखि मंसिर २२ गतेसम्म मदिरा बिक्री बितरण गर्न रोक लगाएको हो ।
निर्वाचन शान्तिपूर्ण तथा भयरहित वाताबरणमा सम्पन्न गर्न स्थानीय प्रशासन ऐन, २०२८ को दफा ६ को उपदफा ३ बमोजिम जिल्लाभर मादक पदार्थ बिक्री बितरणमा रोक लगाईएको प्रशासनद्वारा जारी सूचनामा उल्लेख गरिएको छ ।
सूचनामा उक्त अबधिभर मदिरा बिक्री बितरण गरेको पाईएमा प्रचलित नियमानुसार कारबाही गरिने उल्लेख छ ।

SHARE