पत्रकार महासंघको टोली निर्वाचन मिसनमा

10

 

बुटवल, मंशिर, ११
निर्वाचनको विषयमा पत्रकार महासंघको केन्द्रिय प्रतिनिधि र सरोकारवाला निकायबीच बुटवलमा छलफल भएको छ । निर्वाचनका लागि मिसनमा खटिएका महासंघका अध्यक्ष र रुपन्देही सुरक्षा निकाय सहित सरोकारवालाबीच छलफल भएको हो ।
सो अवसरमा बोल्ने वक्ताहरुले आगामी २१ गते हुने निर्वाचनलाई शान्तिपूर्ण र निष्पक्षीय बनाउन सञ्चार क्षेत्रको महत्वपूर्ण हातहुने बताए । निार्वाचनको बेला पत्रकारहरुले व्यक्तिगत र राजनीतिक स्वार्थ भन्दा माथि उठेर निष्पक्षीय रुपमा कलम चलाउन आग्रह गरे ।
पत्रकार महासंघका केन्द्रिय अध्यक्ष गोविन्द आचार्यले पत्रकारिता पेशालाई मर्यादामा राखेर रिपोटिङ गर्ने दायित्व पत्रकारहरुको रहेको बताए ।
उनले निर्वाचनको बेला र अघिपछि सधैभर पत्रकारिता पेशालाई मर्यादित बनाउनुपर्ने बताए ।
राजनीतिक दल, कर्मचारी, प्रसाशन र पत्रकारहरु निष्पक्षीय भए जनता आफै निष्पक्षीय हुने र निर्वाचन पनि निष्पक्षीय हुन सक्ने उनको भनाई थियो । प्रमुख जिल्ला अधिकारी हरिप्रसाद मैनालीले शान्तिपूर्ण र निष्पक्षीय तथा भयरहित रुपमा निर्वाचन सम्पन्न गर्नेगरी सुरक्षा व्यवस्था मिलाईएको बताए ।
रुपन्देहीको सुरक्षामा थे्रट रहेको उल्लेख गर्दै जिल्लाको सुरक्षाका लागि चारवटा सुरक्षा निकायलाई परिचालन गरिएको बताए । उनले शान्तिपूर्ण र निष्पक्षीय रुपमा निर्वाचन सम्पन्न गर्नका लागि सबै क्षेत्रको सहयोग र समन्वय आवश्यक रहेको बताए ।
उनले ५ लाख २२ हजार मतदाता रहेको रुपन्देहीमा १२ सय जना मतदान अधिकृत र सहायक मतदान अधिकृतहरुलाई तालिम दिएर १८ गतेसम्म सबै मतदान केन्द्रमा पठाउने जानकारी गराए ।
कार्यक्रममा मानवअधिकार तथा शान्ति समाजका उपाध्यक्ष गोविन्द खनाल, माओवादी केन्द्रका सचिवालय सदस्य वामदेव क्षत्री, एमालेका केन्द्रिय सदस्य खिमलाल भट्टराई, नेपाली कांगे्रसका बुटवल नगर सभापति खेलराज पाण्डे, नयांशक्ति पार्टीका मनिकर कार्की, मानव अधिकार अधिकृत चन्द्रकान्त चापागाई लगायतले बोल्दै निर्वाचनको बेला खर्च बढी भैरहेकाले निर्वाचन समिति र प्रसाशनले आचारसहिंता लगाएर बढीबढी भैरहेको खर्चलाई रोक्न सुझाव दिए ।
पत्रकार महासंघ रुपन्देही अध्यक्ष यानेन्द्र जिसीको अध्यक्षता, सहसचिव विनोद परियारको सञ्चालन र उपाध्यक्ष निरु गौतमको स्वागतमा कार्यक्रम भएको थियो ।

SHARE