अनुभव र भावी चुनौतिबारे व्यापक छलफल गर्नु आवश्यक

11

भैरहवा, १० मंसिर । विगतका अनुभवहरु र भावी समस्या तथा चुनौतिहरु बारे व्यापक छलफल गर्नुपर्ने एक कार्यक्रमका सहभागीहरुले जोड दिएका छन् ।
भैरहवामा भएको लोकतान्त्रिक अभ्यास ः अनुभव र आगामी चुनौती विषयक संवाद कार्यक्रममा बोल्ने वक्ताहरुले लोकतन्त्रका उपलब्धीहरु के के भए र आगामी दिनहरुमा के गर्नुपर्छ भन्ने विषयमा योजना बनाउनुपर्ने बताए ।
नेपालको मौलिक संस्कृतिको संरक्षण गर्दै लोकतन्त्रलाई सुदृढ गर्ने उद्धेश्यका साथ गठित लोकतन्त्र संवाद अभियान (असल) को आयोजनामा भएको संवाद कार्यक्रममा बोल्दै प्रमुख अतिथि सर्वोच्च अदालतका पूर्व रजिष्ट्रार डा.राम कृष्ण तिमिल्सिनाले विगतको इतिहासबाट पाठ सिक्नुपर्ने र सोही अनुरुप अगाडी बढ्नु पर्ने धारणा राख्दै अहिलेको परिस्थितिमा विद्याले विवाद र धनले घमण्ड गर्न सिकाएको धारणा राखेका थिए ।
त्यस्तै कार्यक्रमका विशिष्ट अतिथि एवं पूर्विय दर्शनका विशेषज्ञ वासुदेव कृष्ण शास्त्रीले दर्शन शास्त्रको अध्ययनबाट पाठ सिक्नु पर्ने धारणा व्यक्त गरे ।
अधिवक्ता शिव प्रसाद गौंडेलले नेपालमा अहिले लोकतान्त्रिक र बामगठबन्धनको रुपमा दलहरु ध्रुवीकरण तर्फ मोडिएको धारणा व्यक्त गरेका थिए ।

SHARE