फर्साटिकरको जित

10

स्वस्तिक श्रेष्ठ ,बुटवल, ९ मंसिर
रुपन्देहीको तिलोत्तमा नगरमा जारी प्रथम वेष्ट्रन कप टि–टवान्टी क्रिकेट कप २०७४ प्रतियोगितामा फर्साटिकर क्रिकेट क्लबले विजयी भएको छ । नवजिवन खेल मैदानमा भएको खेलमा गोलपार्क क्रिकेट क्लबलाई फर्साटिकरले १ सय २५ रनले पराजित गरेको हो ।
खेलमा टस जितेर ब्याटिङ्गको निर्णय गर्दै फर्साटिकरका ब्याट्सम्यानहरुले पुरै २० ओभरमा केवल २ विकेटको नोक्सानीमा २ सय ६ रनको विशाल योगफल तयार पारेका थिए । फर्साटिकरका सुरेन्द्र चन्दले ६९ रन बनाए । यसैगरि मिनास थापाले ३०, पुष्प थापाले ३१, अमृत गुरुङ्गले २६ र राजु फौदार १२ रन जोडेका थिए । बिशाल लक्ष्य पछ्याएको गोलपार्क १६ ओभरमा ८१ रनमा समेटिएको थियो । गोलपार्कका लागि बिक्रम मगरले १० तथा सरनले १५ रन जोडेका थिए । कम स्कोरमा रोक्न फर्साटिकरका पुष्प थापाले ५ विकेट तथा अमृत गुरुङ्गले ३ विकेट लिए ।
खेलमा पुष्प थापा म्यान अफ दी म्याचबाट पुरस्कृत भएका थिए ।
आईतबारको शंकरनगर क्रिकेट क्लब र शिवशक्ति क्रिकेट क्लब तथा वेष्ट्रन क्रिकेट क्लब र रोयल क्रिकेट एकेडेमीमा दुई खेल हुने खेल संयोजक भुवन पाण्डेले बताए ।

SHARE