लालि चाउचाउ नबेच्न उद्योग बिभागको निर्देशन

552

बुटवल मंसिर १०

पछिल्लो समय नेपाली बजारमा बर्चस्व जमाउन थालेको लालि चाउचाउलाई उद्योग बिभागले कार्वाही गरेको छ ।
एशियन थाई फुडस् प्रालिबाट उत्पादीत प्रिति चाउचाउको उजुरीका आधारमा लालि चाउचाउ कार्वाहीमा परेको हो ।
यशोदा फुडस प्राली बुटवलको उत्पादनमा बजारमा आएको उक्त चाउचाउले प्रिति चाउचाउ जस्तै प्याकेटमा बजारमा पठाएर भ्रम श्रृजना गर्न खोजे पछि प्रिति चाउचाउका उत्पादक एसियन थाईफुडसले उद्योग बिभागमा उजुरी दिएको थियो ।

ढिलो गरी प्राप्त सुमाचार अनुसार उद्योग बिभागले असोज १० गते चनं ८५ को पत्रमा गत २०७४ बैसाख १० लालि चाउचाउका बिरुद्ध उजुरी परेको उल्लेख गर्दे ४५ दिन भित्र ¥यापर परिवर्तन गर्न र बजारमा पठाईएका चाउचाउ समेत नवेच्न निर्देशन दिएको थियो ।
बिभागले यदि बजारमा लालि चाउचाउले उक्त निर्देशन पालना नगरे कार्वाही समेत गर्ने उक्त पत्रमा उल्लेख गरेको छ ।
नेपाली बजारमा बर्चस्व जमाई सकेका उत्पादनहरुको नक्कल गरी आफ्ना उत्पादन बजारमा पठाउने क्रम बढदै गएको छ जसले उपभोक्ता समेत ठगिएका छन ।

लालि चाउचाउका उत्पादक यशोदा फुडस्ले भने अहिले सम्म बिभागको निर्देशन पालना गरेको छैन । हामी बिभागको निर्देशन बिरुद्ध अदालत जाने तयारीमा छौं यशोदा फुडसका एक सञ्चालकले भने ।
एशियान थाई फुडस्ले डा आरजु देउवासंगको मिलोमतोमा उद्योग बिभागलाई प्रभावमा पारेको समेत उनले आरोप लगाए ।

SHARE