परिवर्तनको लडाइँ लड्नेनै सधै त्यसको ब्याज खाएर बस्नु पर्छ भन्ने होइन

634

हरीकृष्ण अधिकारी ,
उममेदवार रुपन्देही क्षेत्र नं २ , बिवेकशिल साझा पार्टि

नेपालमा अहिलेसम्म अधिकारको लागी मात्र लडाइ हुँदै गर्दा नेपालीले न्युनतम कुराहरुको लागी पनि सधै चिन्तित हुनु पर्यो । जस्ले गर्दा युवाहरुमा निराशाले एकहद पार गरिसक्यो । म जस्ता हजारौं युवा बिदेशीए तर केहि म जस्ता बिदेशीन मन नलाग्ने आफ्नै देशमा केहि गरु र आफ्नै देश बनाउनु पर्छ भनेर बसेका हरुलाइ पनि काम गरेर भबिस्य सुनिस्चित नहुने किसिमको वातावरण बनि रहेको अवस्थाअहिले छ। त्यसको मुख्यकारण राजनीति गर्नेहरुको नियत ठिक नहुनु र इमानदारीता नहुनु नै हो भन्ने निचोडमा पुगेर अव पनि हामी अरुले गर्छ कि भनेर बस्यो भने हामी पनि देश छाड्नु पर्ने अवस्था आउछ त्यसैले हामी जस्ता सक्षम युवा राजनीतिमा हस्तक्षेप कारी भुमिकामा आएर राजनीतिलाइ सु सस्कृत बनाउनु पर्छ र देश बिकासलाई तिब्र गतिमा अगाडि बढाउनु पर्छ भन्ने लागेर नै उम्मेद्बारी दिएको हो।

मतदातालाई जुन किसिमको पुरानोले गरेनन् भन्ने निराशा थियोे त्यो हामी जस्ता समाजमा केहि गरेका युवाहरूलाई उम्मेद्बारको रुपमा पाउदा उत्साहित हुनुहुन्छ र अव युवाले नै गर्ने हो हामी साथमा छौ भनेर असाध्यै माया गरि राख्नु भको छ र सद्भाव देखाउनु भको छ । मतदाता को हामी प्रतिको आशा लाइ कुनै पनि मानेमा निराशामा बदलिन दिने छैनौ भनेर उहाहरुलाइ बिश्वास दिलाइ राखेका छौ।

रुपन्देहीमा विवेकशील साझाको अवस्था एकदमै राम्रो छ र यहाँका 80% युवा हाम्रो पक्षमा मतदान गर्दै हुनुहुन्छ ।उहाहरु जता जता आवद्ध भएपनी भोट हामीलाई दिने कुरामा मनै देखि तयार हुनुहुन्छ किनकि यो गोप्य मतदान हो खुलेर लाग्न नसके पनि मन ले रोजेको विवेकशील साझालाइ भोट दिने छौ भनेर भनिराख्नु भको छ।त्यस्तै ४०माथिको शिक्षित बर्ग लागायत उहाहरुको परिवार र छरछिमेक लाई पनि उहाहरुले तराजुमा नै भोट दिनु पर्छ भनेर स्वतस्फूर्त बुझाइ राख्नु भको छ । हामी घरदैलोमा पुग्दा हजुरहरुलाइ नै मतदान गर्ने निर्णय भएको छ भनेर भनी राख्नु भको छ। ४ त्यो त मतपत्र हातमा लिएपछि कति मतदाताले हामीलाई सम्झनुहुन्छ त्यसकुरामा भर पर्छ।सामान्यतय युवाले गरेको माया र मतदाताको हामी प्रतिको उत्साह र माया देख्दा जितको नजिक पुग्ने कुरामा आशावादी छौ।

उहाहरुले ब्यवस्था परिवर्तनमा गर्नु भएको भुमिका र योगदानलाई हामी सधै उच्च मूल्याकंन गर्दछौं ।ति परिवर्तनमा हामी र हाम्रो परिवार पनि प्रत्यक्ष ,अप्रत्यक्ष सहभागी थियोे । हामीले यो कुरा बुझ्नेनौ कि परिवर्तनको लडाइँ लड्नेनै सधै त्यसको ब्याज खाएर बस्नु पर्छ भन्ने होइन उहाहरुले बिकास र समृद्धिको नेतृत्व गर्न सक्नु भएन जस्ले गर्दा देश गरीबी मै पिल्छिएको छ।उहाहरुले समृद्धिको नारालाई अगाडि बढाउन सक्नु भएको भए हामी जस्ता गरि खानेहरु राजनीतिमा आउनै पर्ने थिएन । जुन कुराको नेतृत्व लिन सक्नु भएन भने अव समृद्धिको लागी जस्ले नेतृत्व गरेको छ उसको जीत सुनिस्चित छ।नेपालीले धेरै हेरिसके अव परिवर्तन चाहन्छन् ।

मेरो क्षेत्रमा मतदाताको प्रमुख समस्या योजनाहरु पुरा नहुने ,स्वास्थ र शिक्षाको गुणस्तरको स्थिति खराव , सरकारी कामकाजीको ढिला सुस्ती ,पार्क,पार्किङ ,ब्यवसायिको दोहोरो कर जस्तो समस्या हरु छ्न।यस क्षेत्रका जनता सामान्य उपचार सेवाबाट पनि बन्चित रहेको र अलिकति जटिल समस्या भयो कि कित काठमाडौ नभए भारत जानु पर्ने समस्या एकदमै ठुलो समस्याको रूपमा पाएको छु।

मलाई मेरा मतदाताहरुको सहनशीलता देखेर अचम्म लाग्छ। उहाहरुलाई योजना कार्यान्वयन नभएको कुरा थाहा हुँदा पनि बोल्नु भएको छैन ।मनमा सबैले गरेनन् भन्ने थाहा भएर पनि बोल्नु भएको छैन त्यो आवाजको रूपमा हामी बोल्दिने कुरामा उहाँहरु लाइ बिश्वास छ र यो बिश्वास हामी टुट्न दिने छैनौ। म यस क्षेत्रका जनतालाई ठुलो प्रतिवद्धता गर्नु भन्दा पनि सामान्य समस्याबाट कसरी मुक्त गराउने भन्ने बारेमा लाग्ने छु र आएका योजनालाई जति सक्यो छिटो कार्यान्वयनमा लैजाने प्रतिवद्धता प्रकट गर्दछु र यस क्षेत्रमा रहेको लुम्बिनी अञ्चल हस्पिटलको सुधार गरेर तुरुन्तै उपचार सेवालाई स्तर उन्नति गरि कम्सेकम बिरामी हुँदा ढुक्क सङग हस्पिटल जान सक्ने वातावरण बनाउन चाहन्छु ।

SHARE