बुटवल प्रदेश ५ को निर्विकल्प राजधानी ः विष्णु पौडेल

317

 

बुटवल, मंशिर २
नेकपा एमालेका उपमहासचिव एवं रुपन्देही क्षेत्र नं. २ का प्रतिनिधीसभा सदस्य उम्मेदवार विष्णु पौडेलले आफ्नो एकमात्र सपना रुपन्देहीलाई आर्थिक रुपले विकासको मोडल बनाउनु रहेको बताएका छन् ।
रुपन्देहीमा थुप्रै विकासका सम्भावनाहरु रहेको उल्लेख गर्दै उनले रुपन्देहीलाई देशकै आर्थिक रुपमा विकासको रोलमोडल बनाउने बताए । रुपन्देहीको क्ष्ँेत्र नं. २ मा समेटिएको तिलोत्तमाको १ देखि ६ नम्बर वडाको प्रचारमा दिनहुं व्यस्त रहेका पौडेलले शनिबार तिलोत्तमा वडा नं. को प्रचार कार्यालय उद्घाटन गर्दै उक्त कुरा बताएका हुन् ।
नेता पौडेलले पांच नम्बर प्रदेशलाई विभाजन हुन नदिने र प्रादेशिक राजधानी रुपन्देहीको बुटवलमा कायम गर्ने एजेण्डालाई समेत आफुले महत्वका साथ उठाएको बताए । उनले यसक्षेत्रमा महानगरको गुरुयोजना निर्माण गर्ने, महानगर घोषणा गर्ने र कार्यान्वयन गर्ने योजना समेत मतदातामाझ प्रस्तुत गरेका छन् ।
लामो समय मुलुक राजनीतिक अस्थिरताबाट गुज्रिएकाले स्थिरता र विकासका लागि बाम गठबन्धनलाई बहुमत सहित जिताउन आग्रह गरे । उनले सुकुम्बासी, भूमिहीन तथा अव्यवस्थित बसोबासीहरुको समस्याको स्थायी समाधान बामपन्थीको सरकारले मात्रै गर्न सक्ने दावी गरे ।
त्यस अवसरमा प्रदेशसभा १ का उम्मेदवार लिला गिरीले पांच नम्बर प्रदेशको राजधानी रुपन्देहीमा बनाउने, रुपन्देहीमै प्रस्तावित मेडिकल कलेज निर्माणको काम सम्पन्न गर्ने आफूहरुको योजना पूरा गर्ने दृढता व्यक्त गरे ।
तिलोत्तमा नगरपालिकाका ६ वटा वडा रुपन्देहीको निर्वाचन क्षेत्र नम्बर २ मा समावेश छ । जुन क्षेत्रमा बुटवल उपमहानगरको अधिकांश भाग समेटिएको छ ।
एमाले उपमहासचिव विष्णु पौडेलका लागि बुटवल पुरानो ठाउं भएपनि तिलोत्तमाका ६ वटा वडा नयां हुन् । एमालेका मिनप्रसाद पोखरेलको अध्यक्ष्ँतामा सम्पन्न भएको कार्यक्रममा क्षेत्र नं. २ को प्रदेशसभा १ बामगठबन्धनका उम्मेदवार लिला गिरीले स्थानीय जनताको आवश्यकतालाई मध्यनजर गर्दै आफ्नो क्षेत्रलाई विकासमा नमुना बनाउने बताए ।
उनले विकाससंग सम्बन्धित कुराहरु राजनीतिक स्थायित्वसंग सम्बन्धित रहेकोले राजनितिक स्थायीत्वको लागि बामगठबन्धनलाई मत दिन आग्रह गरे ।
कार्यक्रममा बामगठबन्धनका जिल्ला प्रचार सहसंयोजक निर्मल जिसी, युवराज पराजुली लगायतले बामपन्थीको पक्षमा मतदान गर्न आग्रह गरेका थिए । योगिकुटी चोकबाट बाजागाजा सहित गएको ¥याली डिङनगरमा पुगी कार्यालयमा उद्घाटन गरेको थियो ।
यस्तै नेता पौडेलले सनिवार बुटवल ७ को प्रचार कार्यालय उद्घाटन गरेका छन् । उद्घाटन कार्यक्रममा बोल्दै नेता पौडेलले पूर्वाधार विकासले रुपन्देहीलाई प्रदेश नं ५ को मात्र होइन मुलुककै राजधानी बनाउन सकिने अवस्था रहेको बताए ।
अन्तरराष्ट्रिय विमानस्थल, सम्मेलन केन्द्र, प्रदर्शनी केन्द्र, ६ लेन र ४ लेनका सडक लगायतका पूर्वाधारहरुले रुपन्देही मुलुककै नमुना शहरको रुपमा विकास भइरहेको उल्लेख गरे ।
पूर्वाधार विकास राम्रो नभएका ठाउंमा प्रदेशको राजधानी बनाउन नमिल्ने भएकाले प्रदेश ५ को निर्विकल्प राजधानी बुटवल हुने दावी गरे । उनले बुटवलको महत्वपूर्ण क्षेत्र दीपनगर र सुख्खानगरमा रहेको खानेपानी समस्या समाधानका लागि आफु मसिनो ढंगले लागिरहेको बताए ।

SHARE