वाम गठबन्धन र कम्युनिष्ट एकीकरणः आजको निर्विकल्प प्रयोजन

27
  • अर्जुन ज्ञवाली

काल्र्स माक्र्सले यूरोपमा बसेर कम्यूनिष्ट घोषणा पत्र लेखेका हुन् । काल्र्स माक्सको समयपछि महासागरमा थुप्रै पानी बगिसकेको छ । यस स्थितिमा एशिया महादेशको नेपाल देशका माक्र्सले कालजयी कार्ल माक्र्सको माक्र्सवादकै लिकमा टेकेर माक्र्सवादको समयसापेक्ष ‘नयाँ टीका’ लेख्न पर्ने पनि हुन सक्छ । 

हामीकहाँ प्रतिनिधि सभाको चुनाव आएको छ । मतलव, संघ र प्रदेश को चुनाव । एउटा मंसिर १० गते अर्को मंसिर २१ गते । दुई दिन गरेर दुई चरणमा हुँदैछ । हिउँ पर्ने र जाडो हुने विकट हिमाली क्षेत्रमा मंसिर १० गते ।  अलिकति न्यानो हुने महाँभारत पर्वत र तराई क्षेत्रमा मंसिर २१ गते । यो चुनाव इतिहास निर्माण गर्ने खालको भएको हुनाले ऐतिहासिक छ । अरु चुनावहरु भन्दा पृथक् छ र संवेदनशील पनि छ । त्यस कारण यसमा अलिकति पनि गल्ती गर्न भएको छैन । अलिकति गल्ती भयो भने ऐतिहासिक भूल हुनेवाला छ ।

आसन्न चुनावका लागि एमाले र माओवादी पार्टीले वाम गठबन्धन बनाए । एमाले र माओवादी दुवै कम्युनिष्ट पार्टी हुन् । यिनको गठबन्धनले चुनावमा अरु कम्युनिष्ट तथा वाम पार्टीहरुलाई पनि  समेट्ने काम गरेको छ । पार्टी र चुनाव चिन्हमा कतिपय वाम उमेदवारलाई समेत समेटने काम भएको छ ।ठूला दुई कम्युनिष्ट पार्टी एमाले र माओवादीले चुनावी गठबन्धन गर्दा चुनाव सम्मको क्षणिक लाभ मात्र ख्याल गरेका छैनन् । चुनाव पछि तत्कालै दुईटा पार्टीलाई एकीकरण गरी एकीकृत महान् कम्युनिट पार्टी निर्माण गर्ने उद्देश्य उद्घोष गरेका छन् । उदघोष मात्र होइन, कार्यारम्भ भइसकेको छ । चुनावी गठबन्धन वास्तवमा नेपालमा एउटै कम्युनिष्ट पार्टी निर्माण गर्ने महान् उद्देश्यसित  गाँसिएको  छ ।

हाम्रो मुलुकको मौजुदा परिवेशमा यो अभियान ऐतिहासिक रुपमा अर्थपूर्ण छ । कतिपय कम्युनिष्ट पार्टीहरु तथा कतिपय कम्युनिष्ट पार्टी भित्र अलिकति पृथक् पहिचाहन बनाएका समूहहरु केही माओवादी र केही एमालेमा समाहित भइरहेका छन् । त्यस्तै, एउटै व्यतिmविशेष भएर पनि जो संस्थाको रुपमा स्थापित भएका व्यतिmत्वहरु छन् ,एमाले र माओवादीमा धमाधम समाहित भइरहेका छन् । यसको अर्थ  स्पष्ट छ –तिनीहरु कम्युनिष्ट सागरमा मिसिन लागिरहेका छन् । मुलुकको मौजुदा परिवेश र मानसिकताले कम्युनिष्ट सागर बन्ने पक्का भएको छ ।चुनावको लागी वाम गठबन्धन खेलखेलमा भएको होइन । त्यस्तै, एउटै कम्युनिष्ट पार्टी बनाउने जस्तो महान् कामको थालनी थोरै पापड बेलेर भएको छैन । माथि धेरै ठाउमा नेपालको परिवेश भन्ने उल्लेख भएको छ । यो परिस्थिति निर्माणमा नेपालको परिवेशले सबैभन्दा ठूलो काम गरेको छ ।

नेपालको परिवेशले सर्वप्रथम यी दुवै पार्टीका शीर्ष नेतालाई घच्घचायो । त्यसपछि मझिला कतिपय जिम्मेवार नेताले झकझकाए । भुक्तभोगी कार्यकर्ताले अठ्याए । अनि बल्ल यो महान् कार्य हुन सकेको हो । यस महान् कार्यमा शीर्ष नेताले ‘म खाऊँ मै लाऊँ, सुख सयल बा मोज म गरुँ, म बाचूँ  मै नाचूँ अरु सब मरुन् दुर्वलहरु’ भन्ने सङ्कीर्ण स्वार्थलाई त्याग गरे, तबमात्र यो काम भयो । अनि त्यस्तै मझिला नेता तथा कार्यकर्ताले भागशान्ति त्याग गरे ।  कतिपयले त शहादत नै दिए । अनि बल्ल यो भयो । समष्टिमा मुलुकको सम्पूर्ण सचेत वर्ग, मजदुर, किसान, उद्योगी, ब्यापारी, युवा, महिला तथा सम्पूर्ण प्रगतिशील तह तथा तप्काले खबरदारी ग¥यो । अनि यो सम्भव भयो । प्रतीकात्मक भाषामा भन्नुपर्दा नेपालको पृथ्वीले भन्यो– पृथ्वी भनेको माटोले भन्यो– खबरदार१  नेपालमा म थुप्रा कम्युनिष्ट पार्टीहरुको भार वहन गर्न सक्दिन, एउटा बन ।खास गरिकन एमाले माओवादीका शीर्ष नेतालाई यसको श्रेय जान्छ ।  तिनले सम्पूर्ण चुनौतीलाई स्वीकार गरी अत्यन्त बुद्धिमत्तापूवर्क यो जिम्मेवारी निर्वाह गरेकै कारण यस महान् कार्यको श्रेय तिनीहरुलाई जाने हो । तिनीहरु धन्यवादका पात्र हुन् । यस वापत तिनको नाम इतिहासमा स्वर्ण अक्षरले लेखिनेछ । जुनसुकै महान कार्यको लागि त्यागकै आवश्यकता पर्छ । यो महान् कार्यको थालनी त्यागकै कारण सम्भव भएको छ ।

कार्ल माक्र्सले सन् १८४८ मा कम्यूनिष्ट घोषणापत्र लेखेका हुन् । उनी बिश्वका मजदुरहरुको पीडाबाट उद्विघ्न भए । अनि त्यसको निकासका लागि कम्यूनिष्ट घोषणा पत्र लेखे । कम्यूनिष्ट घोषणापत्र लेख्नका लागि उनले घरबार त्याग गरेका हुन् । उनी घरबारमै रुमलिएका भए कम्यूनिष्ट घोषणापत्र अर्थात् शोषित पीडित वर्गको मुक्तिकोे बाटो सम्भव थिएन । २६ सय वर्ष पहिले गौतम बुद्धले दरबार त्याग गरे । बुद्धले संसारका मानिसको दुख देखेर दुखबाट तिनको मुक्तिको लागि दरबार त्याग गरेका हुन् । त्यसै त्यागको परिमाण सिद्धार्थ गौतम बुद्धले दुखीहरुको मुक्तिमार्ग बुद्धत्व/ज्ञान प्राप्त गरे । जसले अहिलेसम्म सम्पूर्ण मानवजातिलाई दिशानिर्देश गरिरहेको छ ।

काल्र्स माक्र्सले यूरोपमा बसेर कम्यूनिष्ट घोषणा पत्र लेखेका हुन् । काल्र्स माक्सको समयपछि महासागरमा थुप्रै पानी बगिसकेको छ । यस स्थितिमा एशिया महादेशको नेपाल देशका माक्र्सले कालजयी कार्ल माक्र्सको माक्र्सवादकै लिकमा टेकेर माक्र्सवादको समयसापेक्ष ‘नयाँ टीका’ लेख्न पर्ने पनि हुन सक्छ । विभिन्न कारणले यो महान् कार्य असफल  हुन सक्छ भन्ने कुरा पनि आउन सक्छ । तर ,कारणहरुलाई केलाउँदा त्यो स्थिति आउन सक्ने संभावना छैन । यसमा महान् कार्यको थालनी सम्पूर्ण पाक पुगेको परिस्थितिले गरेको छ । त्यस कारण कुनै अनिष्टको संभावना छैन । साठी–सत्तरी वर्ष सम्म जहिले पनि अस्थिर सरकार, सात सालदेखि १० वर्ष सम्म अस्थिर सरकार, त्यसपछि ३० वर्षसम्म निरंकुश सरकार, त्यसपछिका तीन दशकसम्म पनि स्थिर सरकार नभएका कारण मुलुकले गति लिन सकेन भन्ने एउटा अवस्था । बहुदलीय व्यवस्थाको आगमनपछि एक पल्ट कांग्रेसको बहुमतको सरकार बन्दा त्यसले पनि स्थिर सरकार दिन नसकेको अवस्था ।

करिब करिब संगसंगै स्वतन्त्र प्रजातन्त्र भएका छिमेकी दुई देश र अरु देशले विकासमा फड्को मार्दा यो देश आत्मनिर्भर हुनुको सट्टा झन झन परनिर्भर हुँदै गएको अवस्था । मुलुकमा बामपन्थी तथा कम्यूनिष्टहरुको जनमत बहुमतमा रहेको अवस्थामा पनि कम्यूनिष्टहरुको गुट र फुटका कारण विकास र समृद्धिका पक्षपाती बामपन्थीहरुको शासनसत्ता बन्न नसकेको जस्ता अवस्थाहरु नै मुलुक समृद्ध नहुनुमा कारण हुन भन्ने विश्लेषण गरेर, यो विश्लेष्ण नेपाली जनमानसको विश्लेषण हो भन्ने आंकलन गरेर, चुनावमा बाम गठवन्धन र तत्पश्चात् एमाले माओवादीलाई जोडी नेपालमा एउटै कम्यूनिष्ट पार्टी बनाउने, त्यसको माध्यमबाट समृद्ध देश बनाउने पवित्र उदेश्यका साथ यो महान् कार्य थालिएको हुनाले कार्य सम्पन्न हुने कुरामा शंका गर्नु पर्ने यतिकन पनि ठाउ छैन । बारबार चेत खाएका नेता र पाकेको परिस्थितिका कारण यसमा कुनै पनि दुर्घटनाको संभावना छैन ।मुलुकको विद्यमान परिवेशमा  आसन्न चुनावका लागि जब बाम गठवन्धनको निर्माण भयो विधर्मीहरुबाट बहुतै प्रहार भयो । यसलाई कम्यूनिष्ट अधिनायकवाद भनेर भ्रम फैलाउने काम भयो । भइरहेको छ । आफूलाई प्रजातन्त्रको मसिहा  भन्ने कांग्रेसका नेताले यो दुष्प्रयास गरे । मुलुकमा प्राप्त लोकतन्त्रलाई जोगाउन, जनताले बनाएको संविधानलाई  अक्षरशः लागु गर्न, राष्ट्रियताको रक्षा गर्न, मुलुकलाई  समृद्ध बनाउन भनेर लोकतान्त्रिक पद्धतिअनुसार चुनावका लागि बाम गठवन्धन भएको हो । बाम गठवन्धनको लगत्तै कांग्रेसले यसै चुनावलाई भनेर लोकतान्त्रिक गठवन्धन बनायो । कांग्रेसले पनि यसै लोकतान्त्रिक पद्धतिभित्र लोकतान्त्रिक गठवन्धन बनाएको हो ।

एउटै लोकतान्त्रिक प्रणालीभित्र कांग्रेसले गठवन्धन बनाउँदा प्रजातन्त्र हुने, त्यही एउटै प्रणाली भित्र कम्यूनिष्टहरुले बाम गठवन्धन बनाउदा अधिनायकबाद हुने ? यस्तो पनि कहीं हुन्छ ? यो वकबास हो । भ्रमको खेती हो । चुनावमा हारको आभास भएपछि अत्तालिएर यस्तो अनर्गल बकवास गरिएको छ । कांग्रेसको प्रजातन्त्रको कुरा गर्ने हो भने उसको आन्तरिक पार्टी संगठनभित्रै प्रजातान्त्रिक तत्व एकदमै कमजोर छ  । त्यसले पार्टीभित्र प्रजातान्त्रिक अभ्यास राम्ररी गर्दै गरेन । जसको आन्तरिक रुपमा नै प्रजातन्त्र छैन उसले बाह्य जगतमा प्रजातन्त्रको अभ्यास कसरी गर्न सक्छ ।कांग्रेसमा वर्षाैदेखि सामन्तवाद हावी छ । पार्टीको अभीष्ट दलाल पूँजीवाद बनेको छ । बरु कम्यूनिष्टले पार्टीको आन्तरिक जीवनमा धेरै प्रजातान्त्रिक अभ्यास गरिसकेका छन् ।  कम्यूनिष्ट पार्टीको अभीष्ट समाजवाद बनेको छ । मान्नुपर्छ, निकै सुझबुझबाट बाम गठवन्धन बनेको छ । यसलाई जनताले सम्पूर्ण रुपमा स्वागत गरे । गठवन्धन वन्दैतस यसले नेपाली जनमानसमा घर बनाइसकेको छ । चुनावी गतिविधि सुरु हुने वित्तिकै गाउँ गाउँ, बस्ती बस्ती, सहर बजारबाट वाहवाही सुरु भयो । प्रचार प्रसारको आयतन अनुसार जनलहर आएको छ । चुनाव नजिकिदै जाँदा आयोजना हुने आमसभाहरुमा थाम्न हम्मे हम्मे हुनेगरी जनसागर उर्लिने वाला छ । नेपाली जनताको वाममोह यति प्रवल बनेर आयो कि यसको प्रतिवादमा कुनै व्यक्ति, कुनै शक्ति एकछिन पनि टिक्न सक्ने स्थिति देखिदैन ।एउटा हिन्दी गीत जस्तै हुने भयो :

जो हम से टकराएगा चूर चूर होजाएगा

वाम पार्टीहरुमा खलनायक नहुने होइन, छन् । समुदायभित्र नकारात्मक मात्र दृष्टिकोण भएका मान्छे पनि हुन्छन् । वाम गठवन्धनलाई यतिविधि जनसर्मथन बन्न गएपछि तिनीहरु यसका विरुद्ध चुइँक्क गर्नै स्थिति छैन । काइँकुइँ गरे बोरिया विस्तरा उठाऊ आफ्नो बाटो तताऊ हुने स्थिति छ । काम निकै सुझवुझबाट भइरहेको छ । प्रगतिशील देशभक्तहरुलाई ठाउँ सुरक्षित छ । भक्तपुरमा कमरेड रोहितलाई ठाउँ सुरक्षित छ । कमरेड चित्र बहादुर के सी लाई ठाउँ सुरक्षित गरिएको छ । पछिल्लो समाचार अनुसार नेपालमा प्रजातन्त्रको गर्भाधान गर्ने सबैभन्दा पुरानो प्रजा परिषद पार्टी एमालेमा समाहित भएको छ । यसको अर्थ हो–तिमी कम्यूनिष्टहरु देशभक्त छौ, राष्ट्रवादी हौं । तिमीहरुबाटै यस देशको रक्षा र विकास हुन्छ  भन्ने विश्वास लागेर आयौं । हामीहरु पनि तिमीहरुसंगै एकीकृत भएर मुलुकको समृद्धिमा हिस्सेदार बन्न चाहन्छौं । अहिले जुन परिस्थितिमा जुन प्रयोजनका लागि जुन–जुन शक्तिका बीचमा चुनाव भइरहेको छ , यसलाई सूक्ष्म दृष्टिले नियाल्दा यो निर्वाचन निर्वाचन मात्रै होइन, एक किसिमको जनमत स्रगह पनि हो । मुलुक सधै अस्थिर र सक्रमणकालीन अवस्थाबाट गुिज्ररहेको हुनाले अहिले यस चुनावले स्थिरता र समृद्धि दिने शक्तिलाई रोज्नुपर्ने समयको तकाजा छ ।

रोजगारीको  मामिलामा मुलुक कहालीलाग्दो अवस्थामा छ । तरुलका ठुन्काजस्ता नेपाली युवा दिनहुँ दुई हजारको हाराहारीमा विदेश पलायन भइरहेका छन् । अहिले सम्म आधा करोड भन्दा बढी नेपाली युवारोजगारीका लागि विदेश पसिसकेका छन् । गाऊँ वस्तीमा जन्ती र मलामीको अभाव छ । मुलुकमा दलाल पूँजीवाद हावी छ । दलाल पूँजीवादको हैकमले गर्दा मुलुकको यो अवस्था भएको हो । दलाल पुँजीवाद राष्ट्रियता जोगाउँदैन ।यसले भोका नाङ्गा जनताको गास, बास, कपासको व्यवस्था पनि गर्दैन । तसथर्, यस ऐतिहासिक चुनाव अथवा जनमत संग्रहमा दलाल पूँजीवादका भरौटेहरुलाई परास्त गरी समाजवादको पक्षपाती बाम गठवन्धनलाई अत्यधिक मतले जिताउन  यस मुलुकको माटो बसाउने प्रत्येक नेपाली कटिवद्ध छन् । वाम गठवन्धनको जितको माहोल बनिसकेको छ । यो माहोल देशभक्त वामपन्थीहरुल्ो अघिल्ला चुनावमा प्राप्त गरेको बहुमतको अंक, अहिले एमाले र माआवादी कम्यूनिष्ट एक हुने प्रसंग र यसलाई आफ्नो माटो बसाउने राष्ट्रवादीले दिएको प्रवल समर्थनबाट बनेको हो । यस हिसाव कितावमा बामपन्थीहरुको जीत बहुमतमा मात्रै होइन , दुई तिहाई बहुमतमा हुने पक्का छ । जहाँसम्म माओवादी एमाले एउटै कम्यूनिष्ट पार्टी हुने कुरा छ, समय नपर्खी तुरुुन्त हुनेवाला छ ।

जनताको दवावका कारण चाँडोभन्दा चाँडो भइरहेको छ । परिस्थितिको प्रकृतिलाई हेर्दा यो एकीकरण दुइटा फलामका टुक्रा वेल्डिङ्ग गरे जस्तो नभएर दूध र चिनी घोलिए जस्तो गरी हुन गइरहेको छ । मतलव, रासायनिक परिवर्तन । हुन पनि एकीकरण  फलाम वेल्डिङ्ग गरे जस्तो होइन, चिनी र दूधको घुलन जस्तै हुनुपर्छ । अनि हुन्छ एकमना कम्यूनिष्ट पार्टी । नेपालमा बामपन्थीहरुको जीत र एकमना कम्यूनिष्ट पार्टीको निर्माण आज नेपाल र नेपालीको लागि निर्विकल्प प्रयोजन भइसकेको छ ।    (बुटवल टुडे २०७४ कात्तिक २७)

SHARE