कर सप्ताह सुरु

2

भैरहवा, १ मंसिर ।
छैठौ राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७४ शुक्रबारबाट सुरु भएको छ । ‘हाम्रो पौरख, हाम्रो कर, राष्ट्र निर्माणको दिगो भर’ नारा सहित कर सप्ताह सुरु भएको हो । दिवसको अवसर पारेर आन्तरिक राजस्व कार्यालय भैरहवाले सप्ताहको पहिलो दिन सचेतनामूलक ¥याली निकालेको छ ।
¥यालीमा सहभागीहरुले समयमै कर तिरौं शुल्क, जरिवानाबाट बचौं, कर सम्बन्धी जागरण देश विकासको विजारोपरण, करको चर्चा घरघरमा, कर तिरौं र राष्ट्रप्रतिको जिम्मेवारी पुरा गरौं भन्ने लेखेका प्लेकार्ड लिएर भैरहवाको मुख्य बजार परिक्रमा गरेका थिए ।
¥यालीमा यस क्षेत्रका उद्योगी–व्यवसायी, सरकारी कार्यालयका कर्मचारी, निजी तथा आवसीय विद्यालयका शिक्षक–विद्यार्थीलगायतको सहभागिता रहेको थियो । कर सप्ताह अन्तर्गत २ गते रक्तदान तथा श्री सत्यसाई बृद्धाश्रममा आश्रित रहेका बृद्धबृद्धालाई सम्मान एबं फलफूल र खाद्यान्न सामग्री बितरण गर्ने प्रमुख कर अधिकृत अर्जुन ढकालले जानकारी दिए ।
तेश्रो दिन ३ गते कर, कर दिवस, राजस्व, एबं नेपालको अर्थब्यबस्थासंग सम्बन्धित स्नातक तहसम्म अध्ययन गर्ने विद्यार्थीकाबिच खुला कबिता प्रतियोगिता, चौथो दिन ४ गते लुम्बिनी साँस्कृतिक नगरपालिकामा कर सम्बन्धि अन्तरकृया तथा करदाता शिक्षा कार्यक्रम, ५ गते सिद्धार्थ उद्योग बाणिज्य संघ, तिलोत्तमा उद्योग बाणिज्य संघ र उद्योग बाणिज्य संघ नवरपरासीमा कर सम्बन्धि अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम, ६ गते भैरहवा क्षेत्रका सरकारी कार्यालयहरुमा कार्यरत लेखा प्रमुखहरुलाई ईटिडियस सम्बन्धि प्रशिक्षण कार्यक्रम तथा सातौ दिन ७ गते उत्कृष्ट करदाताहरुलाई सम्मान, उत्कृष्ट कर्मचारीलाई सम्मान, उत्कृष्ट कबिहरुलाई सम्मान एबं पुरस्कार बितरण गर्ने कार्यक्रम रहेको प्रमुख कर अधिकृत ढकालले बताए ।
कर सप्ताह भरी कार्यालयको कार्यक्षेत्र अन्तरगतका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका, रामग्राम नगरपालिका र रुपन्देही तथा नवलपरासी जिल्लाका गाँउपालिका क्षेत्रका करदाताहरुसंग कर सम्बन्धि जानकारीमुलक सूचनाहरु सम्प्रेषण गर्ने, ब्रोसर बाडने र माईकिङ गर्ने लगायतका कामहरु समेत हुने ढकालले बताए ।

SHARE