बुटवल उपमहानगरपालिका द्वारा सय दिनको प्रगति सार्वजनिक

7

बुटवल, ३० कार्तिक । बुटवल उपमहानगरपालिकाले जनप्रतिनिधी आए पश्चात १ सय दिनमा भएको कामको प्रगति सार्वजनिक गरेको छ । असार १४ गते सम्पन्न स्थानिय तहको निर्वाचनबाट निर्वाचित जनप्रतिनिधीहरुले बुटवल उपमहानगर पालिकामा ऐन कानुन निर्माण, पुर्वधार विकास लगाएतका विभिन्न प्रगति सार्वजनिक गरेको हो ।
नगपालिकाले कर्मचारी आचारसंहिता ०७४, उपमहानगर पालिकाका पदाधिकारीहरुको आचारसंहिता पारीत गर्दै कार्यान्वयनमा रहेको जानाकारी दिएको छ । पुर्वधार विकास भन्दा बढि नितीगत कामको प्रगति गरेको नगरपालिकाले भु उपयोग निती अनुमोदन, आर्थिक विधेयक पारित, टोल विकास संस्था समिति गठन तथा परिचालन निर्देशिका पारित गरेको छ । त्यसैगरी बुटवल क्षेत्रमा संचालित विद्युतिय रिक्साको व्यवस्थापनका लागि ८ सदस्यीय कार्यदल गठनगरी, लैगिंकमैत्री शहर बनाउने योजना अन्र्तगत उपप्रमुखको संयोजकत्वमा कार्यदल गठन र खानेपानीको सहज पहुँच बढाउन उपप्रमुखको अध्यक्षतामा खानेपानी कार्यदल गठन उपमहानगरपालिकाले गरेको छ ।
निति तथा कार्यक्रम अन्तर्गत नगरसभा बैठक आर्थिक बर्ष २०७४÷०७५ को लागि १ अर्ब ६३ करोड ३५ लाख ७८ हजार ८ सय ५ रुपैया बजेट सहित बार्षिक नीति तथा कार्यक्रम कार्यक्रम पारित गरेको छ । समाजिक विकास तर्फ ७० वर्ष उमेर पुरा भएका ज्येष्ठ नागरिक, एकल महिला र अपाङ्ग भएका ७ हजार बढिलाई २ हजारका दरले चाडपर्व खर्च वितरण गरेको समेत प्रगति विवरणमा उल्लेख छ ।
१ सय दिनको अवधिमा ३३ वेवारिसे शवको सद्गत र ६६ मृत पशु चौपायाहरुको नियन्त्रण गर्दै चौपाया मुक्त नगर स्थापनाको लागि कार्यदल गठन , डेङ्गु रोग नियन्त्रण गर्नका खोज र नष्ट गर अभियान सञ्चालन गरिएको बताइएको छ ।
योजना तथा शहरी विकास अन्तर्गत अव्यवस्थित बसोबासलाई व्यवस्थित गर्दै सार्वजनिक जग्गा संरक्षणको योजना निर्माण गरी वडा कार्यालयहरुबाट अव्यवस्थित बसोबासको लागत संकलन गर्ने काम सुचारु भएको बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले बताए । नगरपालिकाले खाल्टाखुल्टी मुक्त अभियान अन्र्तगत बुटवल उपमहानगरपालिका क्षेत्रभित्र खाल्टाखुल्टी परेका कच्ची सडकहरुमा ग्राभेल साथै कालोपत्रे कामको सुरुवात भएको उनको भनाई छ । उनले पार्किङ व्यवस्थानका लागि आवश्यक पहल भइरहेको सडकपेटीको अवरोध हटाउन आवश्यक योजना बनाइएको बताए । त्यसैगरी शित भण्डारण सहितको कृषि थोक उपज केन्द्र निमाणको लागि सम्भाव्यता अध्ययन सुरु भएको छ । त्यसैगरी निर्माण सामाग्रीको गुणस्तर परिक्षणका लागि प्रयोगशाला स्थापना गर्ने प्रक्रिया अगाडी बढेकोे, बुटवल मण्डपको विकासमा पहल शुरुवात भएको प्रगति विवरणमा उल्लेख छ ।
त्यस्तै अांैधोगिक कोरिडोरको विवादमा विभिन्न चरणमा मध्यस्थता गर्दै डिपीारको काम सुरु भएको झुम्सा खानेपानी आयोजनाको मूहानमा इनटेक पुननिर्माण कामको टेन्डर आह्वान भएको साथै १३ किलोमिटर पाइपलाइन खरिद तथा विस्तार कार्यको टेन्डर पक्रिया पुरा गरी सम्झौता भई कामको शुरुवात हुने पक्रियामा रहेको बताइएको छ ।

SHARE