मंसिर १ गतेदेखि कर सप्ताह मनाइने

9

 

भैरहवा, २९ कार्तिक ।
छैठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७४ को अवसरमा आन्तरिक राजस्व कार्यालय भैरहवाले मंसिर १ गते देखि विभिन्न कार्यक्रम आयोजना गरी कर सप्ताह मनाउने भएको छ ।
नेपालको कर प्रणालीको विकास एवं सुदृढ वित्त संरचना निर्माणको सिलसिलामा नेपाल सरकारको निर्णय बमोजिम २०६९ साल मंसिर १ गते देखि नै राष्ट्रिय कर दिवस मनाउन सुरु गरिएको हो । सोही अनुसार आन्तरिक राजस्व कार्यालय भैरहवाले कर सप्ताह मनाउन लागेको प्रमुख कर अधिकृत अर्जुन ढकालले बताए ।
कर सप्ताह मनाउन कर प्रणालीमा प्रत्यक्ष एवं परोक्ष रुपमा आबद्ध निकाय एवं करदाताहरुहरुको सहभागितामा विभिन्न कार्यक्रम आयोजना गरी भव्यताका साथ सम्पन्न गरिने ढकालले जानकारी दिए ।
रुपन्देही जिल्ला र नगरस्तरीय उद्योग वाणिज्य संघ, व्यापार सम्बन्धि संघ संगठन, अडिटर्स तथा चार्टर्ड एकाउटेण्ट संस्था, गैरसरकारी संस्था समेतको सहभागितामा कार्तिक २० गते सम्पन्न भेलाले छैठौं राष्ट्रिय कर दिवस तथा कर सप्ताह २०७४ मूल समारोह समिति गठन गरेर विभिन्न कार्यक्रमहरु सम्पन्न गर्ने निर्णय गरेको आन्तरिक राजस्व कार्यालय भैरहवाले जनाएको छ ।
कर सप्ताह २०७४ अन्तर्गत कार्तिक ३० गते कार्यालय परिसर सरसफाइ, कार्तिक १ गते उदघाटन तथा प्रभातफेरी, कार्तिक २ गते कल्याणकारी तथा सामाजिक उत्तरदायित्व अन्तर्गत खुल्ला रक्तदान कार्यक्रम र वृद्धाआश्रममा आश्रित वृद्धवृद्धाहरुलाई खाद्यसामाग्री तथा फलफूल वितरण, कार्तिक ३ गते कविता वाचन प्रतियोगिता, कार्तिक ४ गते कर अन्तरक्रिया तथा कर शिक्षा कार्यक्रम, कार्तिक ५ गते कर सम्बन्धि अन्तरक्रिया तथा करदाता शिक्षा कार्यक्रम, कार्तिक ६ गते भ्त्म्क् सम्बन्धि प्रयोगात्मक तालिम र कार्तिक ७ गते कर सप्ताहको समापन गरिने कार्यालयले जनाएको छ ।
साथै कर सप्ताह भरी कार्यालयको कार्यक्षेत्र अन्तर्गतका सिद्धार्थनगर नगरपालिका, तिलोत्तमा नगरपालिका, लुम्बिनी सांस्कृतिक नगरपालिका तथा रुपन्देही तथा नवलपरासी जिल्लाका गाउँपालिका क्षेत्रका करदाताहरुमा कर सम्बन्धि जानकारीमूलक सूचनाहरु सम्प्रेषण गर्ने, व्रोसर बाड्ने र माईकिङ्ग गर्ने कार्यालय जनाएको छ ।

SHARE