स्मृतिमा सम्मान

11

 

बुटवल, कार्तिक २८
प्रतिमा बस्नेत स्मृति सहयोगि संस्था बुटवलले पत्रकार सहित बिभिन्न व्यक्तिहरुलाई सम्मान गरेको छ । संस्थाको पांचौ साधारणसभा तथा छैठौ प्रतिमा बस्नेत स्मृति दिवसको अवसरमा उक्त सम्मान गरिएको हो ।
कार्यक्रममा रेडियो मुक्तीका स्टेशन म्याननेजर कल्पना तिवारीलाई संचारको क्षेत्रबाट सामाजिक क्षेत्रमा पु¥याएको योगदानको कदर गर्दै संस्थाले सम्मान गरेको छ । तिवारीलाई नगद ५ हजार सहित दोसल्ला र सम्मान पत्रले सम्मान गरिएको थियो ।
सम्मानित पत्रकार तिवारी रुपन्देहीमा सक्रिय महिला पत्रकार हुन् साथै क्रियासील पत्रकार महीला रुपन्देहीका उपाध्यक्ष समेत रहेकी छन् । संस्थाले हरेक बर्ष साधारणसभाको अवसरमा रुपन्देहीमा सक्रिय महिला पत्रकारलाई सम्मानीत गर्दै आएको छ ।
त्यसैगरि सम्मानित हुनेमा शिक्षा क्षेत्रमा काम गर्ने शिक्षक मध्ये उजिरसिंह माविकी कमला महर्जन, बुटवल माविका माधव पाण्डे र सरस्वती आधारभूत बिद्यालयका बिजय शाक्य रहेका छन् ।
उनिहरुलाई जनही नगद ३ हजार सहित दोसल्ला र सम्मानपत्रले सम्मान गरिएको थियो । कार्यक्रमका प्रमुख अतिथी नेपाल रेडक्रस सोसाईटी रुपन्देहीका सभापती प्रेमलाल उदास र संस्थाका अध्यक्ष नरेन्द्र बस्नेतले सम्मान प्रदान गरेका थिए । संस्थाले हरेक बर्ष जस्तै यसबर्ष पनी एसइइ परिक्षामा उत्कृष्ट अंक ल्याउने बुटवल १ र २ का छात्रछात्रा मध्ये महाबिर बोर्डिङका आकाश अग्रहरीलाई नगद ३ हजार सहित प्रसंसा पत्रले सम्मानीत गरेको छ ।
त्यस्तै उजिर सिंह मावि, बुटवल मावि र सरस्वती आधारभूत बिद्यालयका छात्रछात्रा १०/१० जना गरि ३० जनालाई जनही ५ सयका दरले छात्रबृत्ती प्रदान गरिएको थियो । त्यसैगरी संस्थाले बुटवलमा रहेको रजा ए मुस्तफा मस्जिदका असहाय बालबालिकाका लागि पनि एकमुष्ट नगद ५ हजार रुपैया सहयोग गरेको छ ।
कार्यक्रममा संस्थाले अयोजना गरेको रक्तदान कार्यक्रममा पहिलो पटक रक्तदान गर्ने महिला र लगातर तिनपटक रक्तदान गर्ने रक्तदातालाई दोसल्ला र प्रसंसापत्रले सम्मान गरिएको थियो ।
कार्यक्रममा संस्थाका सल्लाहकार बिमल बहादुर शाक्य, महेन्द्र अर्याल, गौमलाल शाक्य लगायतले बोलेका थिए ।दुर्घटनामा परि अल्पायुमै जिवन गुमाउन पुगेकी आफ्नी छोरी प्रतिमा बस्नेतको स्मृतीमा बुवा नरेन्द्र बस्नेत, आफन्तजना तथा स्थानिय समाजसेवीहरुको पहलमा स्मृती सहयोगी संस्था स्थापना गरिएको हो ।

SHARE