मानसिक स्वास्थ्य सम्बन्धि अभिमुखिकरण

9

भैरहवा, २७ कार्तिक ।
राजनीतिक तथा सामाजिक अगुवाहरुको लागि मानसिक स्वास्थ्य सम्बन्धि एक दिने अभिमुखिकरण कार्यक्रम भैरहवामा सम्पन्न भएको छ ।
सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुरको आयोजना, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीको समन्वय तथा युनाइटेड मिसन टु नेपाल रुपन्देही कलस्तरको सहयोगमा उक्त कार्यक्रम भएको हो ।
कार्यक्रममा प्रशिक्षण दिदैं वरिष्ठ नशा तथा मनोरोग विशेषज्ञ डा.मनोज ढुङ्गानाले मानसिक रोगले हरेक वर्ग, समुदाय कसैलाई पनि भेदभाज नगर्ने बताए । उनले चार जना मानिसमध्ये एक जनालाई मानसिक समस्या हुन सक्ने भन्दै सचेत रहे यसबाट बच्न सकिने बताए ।
डा. ढुङ्गानाले शारीरिक र मानसिक हिंसा, तनावपूर्ण जीवनशैली, स्नायू प्रणालीमा चोटपटक, संक्रमण र रासायनिक तत्वको उतारचढाव जस्ता कारणले मानिसमा मनोरोग लाग्ने बताए ।
सुनगाभा सामुदायिक विकास केन्द्र रुद्रपुरका उपाध्यक्ष थमबहादुर सिंजालीको अध्यक्षता, जिल्ला समन्वय समिति रुपन्देहीका प्रमुख एकराज विश्वकर्माको प्रमुख आतिथ्यता, स्थानीय विकास अधिकारी हरिप्रसाद ज्ञवालीको विशिष्ट आतिथ्यता, जिल्ला जनस्वास्थ्य कार्यालय रुपन्देहीका स्वास्थ्य निरीक्षक कृष्ण पोखरेल, गैरसरकारी महासंघ रुपन्देहीका अध्यक्ष गोविन्दप्रसाद रेग्मी, लुम्बिनी सांस्कृतिक नगरपालिकाका प्रमुख मनमोहन चौधरी, सिद्धार्थ सामुायिक स्व्यास्थ्य केन्द्रकी अध्यक्ष समता मल्ललगायतको आतिथ्यतामा कार्यक्रम सम्पन्न भएको थियो ।

SHARE