‘देश निर्माणकोलागी महाकविबाट सिकौं‘

1

भैरहवामा मनाईयो १०९ औं लक्ष्मी जयन्ती
नरेश के.सी
भैरहवा, कार्तिक २७ । मुलुकमा पहिलोपटक संघ र प्रदेशको निर्वाचन हुन गइरहेको बेला भैरहवामा भेला भएका साहित्यकारहरुले महाकवि लक्ष्मीप्रसाद देवकोटाबाट नेता कार्यकर्ताले धेरै सिक्नुपर्ने सुझाब दिएका छन् ।
महाकवि देवकोटाको १०९ औं जयन्ती तथा २०३ औं साहित्यसंगम एवं स्रष्टा सम्मान तथा रचना बाचन कार्यक्रममा बोल्दै साहित्यकारहरुले त्यस्तो बताएका हुन् । कार्यक्रमका प्रमुख अतिथी वरिष्ठ आख्यानकार जंग बहादुर शाहले अहिलेका नेताहरुमा ईतिहांस अध्ययनको कमि भएको जनाउदैं ईतिहांस पढेर मात्रै देशको विकास गर्ने योजना र सिद्धान्त बनाएमा सफल हुने बताए । उनले महाकवि देवकोटाले साहित्य मार्फत देखाएको बाटोले शान्ति र समृद्धिकोलागी टेवा दिने धारणा राखे ।
सिद्धार्थ साहित्य परिषदको अध्यक्ष डिल्लीराज भट्टराईको सभापतित्व तथा सचिव नरेश के.सीको सन्चालन एवं कार्यक्रम संयोजक लक्ष्मीप्रसाद अधिकारीको स्वागतमा सम्पन्न उक्त कार्यक्रममा साहित्यकारहरु प्राज्ञ बुंद राना, प्रा.डा कपिलदेव लामिछाने, बनमालि निराकार, प्रगतिशिल लेखक संघको अध्यक्ष देवेन्द्र घिमिरे, ज्ञानदेव हटुवाल, प्रभा भट्टराई, समाजसेव ीओमकार गौचन, ब्रहमकुमारी इश्वरी विश्वविद्यालय भैरहवा प्रमुख शान्ति दिदि, सिसास अध्यक्ष सुभाष रिजाल, बाणगंगा साहित्य प्रतिष्ठान अध्यक्ष नित्यान्द पाण्डे, शहिद स्मृति पुस्ताकालय अध्यक्ष घनश्याम गौतम, योगनाथ आचर्य लगायतले देश विकासकोलागी साहित्यकारहरुले स्वतन्त्रता र निर्भिकतापुर्वक कलम चलाउनुपर्ने बताएका थिए । उनीहरुले साहित्यीकारका सृजनाबाट राजनितीक क्षेत्रका व्यक्तिहरुले धेरै सिक्नुपर्ने पनि बताए ।
कार्यक्रममा बुटवल बहुमुखी क्याम्पसका उपप्राध्यापक नारायण पन्थले महाकविको जीवनी, व्यक्तित्व र कृतित्वबारेमा प्रकाश पारेका थिए ।
पुरस्कार तथा सम्मान प्रदान
१०९ औं लक्ष्मी जयन्तीको अवसरमा सिद्धार्थ साहित्य परिषदले आयोजना गरेको कार्यक्रममा विभिन्न व्यक्तिहरुलाई सम्मान प्रदान गरिएको छ । समाजसेवी ओमकार गौचनद्धारा स्थापना गरिएको मिनपद्म गौचन स्मृति पुरस्कार २०७४ बरिष्ठ साहित्यकार प्रा.डा. कपिल लामिछानेलाई समर्पण गरिएको छ । परिषदका अध्यक्ष डिल्लीराज भट्टराईको अध्यक्षतामा सम्पन्न उक्त कार्यक्रमका प्रमुख अतिथी बरिष्ठ आख्यानकार जंग बहादुर शाह र पुरस्कार संस्थापक ओमकार गौचनले लामिछानेलाई सम्मान गरेका थिए । लामिछानेसंगै उनको धर्मपत्नी सृजना लामिछानेलाई पनि सम्मान गरिएको थियो ।
यसैगरी शिक्षावीद ज्ञानदेव हटुवालले स्थापना गरेको विष्णमाया हटुवाल स्मृति साहितय पुरस्कार काठमाण्डौं निवासी कवियत्री प्रभा भट्टराईलाई समर्पण गरिएको छ । उक्त पुरस्कार संस्थापक हटुवाल र कार्यक्रमका प्रमुख अतिथी शाहले प्रदान गरेका थिए ।
यसैगरी यस वर्षको सिद्धार्थ साहित्य सम्मान २०७४ तिलक लामिछाने, चन्द्रकान्त भट्टराई, बाबुराम अर्याल –शंकरनगर) , रामप्रसाद बराल, कृष्ण माया गुरुंग, योगनाथ आचार्यलाई प्रदान गरिएको छ । यसैगरी सो सम्मान संस्थागत रुपमा रुपन्देही क्याम्पस र अंकुर बचत तथा क्रृण सहकारी संस्था लि. लाई प्रदान गरिएको छ ।
परिषदले प्रदान गरेको सम्मान तथा पुरस्कार छनौटकोलागी प्राज्ञ बुंद रानाको संयोजत्वमा मूल्यांकन समिती गठन गरेको थियो । जसको सदस्यमा बालकृष्ण भट्टराइ र मणिराम भट्टराई थिए ।

SHARE