बिवेकशिलले सार्वजनिक गर्यो चुनावी घोषणापत्र

288

बुटवल कार्तिक २२
विवेकशील साझापार्टी रुपन्देहीले प्रतिनिधिसभा र प्रदेशसभाको लागि घोषणपत्र सार्वजनिक गरेको छ । बुटवलमा पत्रकार सम्मेलन गरि बिवेकशिल साझा पार्टीले घोषणपत्र सार्वजनिक गरेको हो ।
अबको आशा विवेकशील साझा भन्ने नाराका साथ सार्वजनिक गरिएको घोषणपत्रमा राजनितिलाई सुसंस्कृत बनाई सामाजिक सेवाको रुपमा स्थापित गर्दै भ्रष्टचार, गरिबि र जातिय शुन्य राष्ट्र निर्माण गर्ने उल्लेख गरिएको छ ।
घोषणपत्र सार्वजनिक गर्दै रुपन्देही क्षेत्रनम्वर २ प्रदेशसभा २ का उम्मेदवार निलम अधिकारीले मतदातालाई भ्रममा पार्ने खालका कार्यक्रम भन्दा पनी तत्काल नागरिकलाई राहत हुने गरि सानासाना सुधारका कामलाई घोषण पत्रले समेटको बताए ।
दलहरुले खेलेको फोहोर राजनितिको बिकल्पमा देशले युवाहरुको सक्षम नेतृत्व खोजेको राष्ट्रिय आवश्यकतालाई महसुस गरि विवेकशील साझा पार्टीले उम्मेदवारी दिएको उनको दावी छ ।
रुपन्देही क्षेत्रनम्वर २ प्रतिनिधिसभा तर्फका उम्मेदवार हरिकृष्ण अधिकारीले राजनितिको फोहोरलाई सफा गर्ने उद्देश्य सहित आफुले उम्मेदवारी दर्ता गराएको बताए ।
पुराना राजनितिका दलभित्र झेलिएको फोहोरी खेललाई सफा गर्न युवाहरु सफल हुन नसकेको अवस्थामा नयां पद्धती सहितको विवेकसिल साझा पार्टी जन्मेको अधिकारीले बताए ।
क्षेत्रनम्वर २ प्रदेशसभा १ का उम्मेदवार गणेश पन्थीले भ्रष्टचारीलाई सम्मान गर्ने राजनिति र कुसंस्कृति राजनितिकको बिरुद्ध आफ्नो उम्मेदवारी दिएको बताए ।
त्यसैगरि क्षेत्रनम्वर ३ प्रतिनिधिसभा उम्मेदवार पार्थीवेन्द्र उपाध्यायले पद्धती स्थापीत गरेर राजनितिमा अगाडी नबढ्दासम्म समृद्ध मुलुकको कल्पना गर्न सक्दैनौ भन्दै सम्मृद्ध मुलुक बनाउन पद्धतिलाई स्थापित गर्न राजनितिमा आएको बताए ।

SHARE