वाम गठबन्धनलाई नै मत किन ?

33

अमृत गिरी
बुटवल । वाम गठबन्धनले २००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएदेखि नै लोकतन्त्र तथा देशभक्तिपूर्ण आन्दोलनको नेतृत्व गर्दै आइरहेको भन्दै अब संविधानको कार्यान्वयन गरेर समृद्ध मुलुक निर्माण गर्ने संकल्प गरेको छ । आसन्न चुनावको संयुक्त घोषणापत्र सार्वजनिक गर्दै गठबन्धनले आगामी २५ वर्षभित्रमा मुलुकलाई समुन्नत राष्ट्रका रुपमा विकास गर्ने घोषणासमेत गरेका छन् ।
मंगलबार सार्वजनिक गरिएको घोषणापत्रमा भनिएको छ–‘कम्युनिष्ट एवं वामपन्थी शक्तिहरू नै देशभक्तिपूर्ण आन्दोलनको मूल नेतृत्वदायी शक्ति भएकाले राष्ट्रिय स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान र हितको रक्षाका लागि वामपन्थीहरूको बहुमतको सरकार आवश्यक छ ।’
नेपाली विशेषताका वामपंथी एवं कम्युनिष्ट पार्टीबाहेक देशका अन्य कुनै पनि पार्टीहरूले राष्ट्र एवं जनताको सच्चा हितको समुचित प्रतिनिधित्व गर्न नसक्ने गठबन्धनको दाबी छ । घोषणापत्रमा भनिएको छ–‘नेपाल राष्ट्रको पुनर्निर्माण, स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, स्वाभिमान र अखण्डताको रक्षा तथा जनताको समृद्धिको नेतृत्व हामी नेपाली कम्युनिष्टहरूले मात्र गरेका छौँ र गर्न सक्छौँ ।’
यतिबेला नेपाली कम्युनिष्ट आन्दोलनका मूल प्रतिनिधि संस्था नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) रहेको र जसलाई निकट भविष्यमा एउटै एकीकृत पार्टीमा रूपान्तरित गर्ने घोषणा गरिसकेको उल्लेख गर्दै घोषणापत्रमा भनिएको छ–‘हामी राष्ट्र निर्माणका सन्दर्भमा राष्ट्रियता, लोकतन्त्र, सामाजिक न्याय, समानता, सामाजिक सद्भाव तथा राष्ट्रिय एकता, शान्ति तथा स्थायित्व र विकास तथा समृद्धिका मुख्य पाँच विषयमा केन्द्रित हुन चाहन्छौँ ।’


विकास तथा समृद्धिको सन्दर्भमा नागरिक अधिकार, अवसर, सुरक्षा र सम्मानका चार स्तम्भलाई सुदृढ गर्न चाहेको घोषणापत्रमा छ । यस्तै नागरिकका मौलिक अधिकारका सन्दर्भमा शिक्षा, स्वास्थ्य, काम तथा रोजगारी, खाद्य सुरक्षा, आवास सहित राजनितिक, आर्थिक, सामाजिक तथा सांस्कृतिक अधिकार सुनिश्चित गर्न चाहेको वाम गठबन्धनको घोषणा छ । नेपाली स्वरूपको लोकतन्त्रको प्रयोगबाट ‘जनताको प्रतिस्पर्धात्मक बहुदलीय लोकतान्त्रिक शासनप्रणाली’ र ‘समाजवादउन्मुख’ सामाजिक–आर्थिक रूपान्तरणलाई सफल पार्न कम्युनिष्ट तथा वामपन्थीहरूबाट मात्र सम्भव रहेको दाबी छ । छोटो समयमा सरकारको नेतृत्व गर्ने अवसर पाउँदा समेत हामीले आफूलाई सही साबित गरेको उल्लेख गर्दै समृद्ध नेपाल निर्माणका लागि वामपन्थीहरूलाई यसपाली बहुमत दिन अपिल गरिएको छ । देश इतिहास र परिवर्तनको महत्वपूर्ण बिन्दु र मोडमा उभिएको उल्लेख गर्दै निर्वाचनको प्रक्रियामा जनताले लिने निर्णयबाट राष्ट्रको नयाँ दिशा निर्धारण हुने भएकाले वाम गठबन्धनलाई मतदान गर्न आग्रह गरिएको छ । ‘हामीलाई विश्वास छ, नेपाली जनताले यस निर्वाचनलाई वामपन्थी शक्तिहरूको अत्यधिक बहुमतको सरकार निर्माण गरेर देशलाई राजनीतिक स्थिरता र समृद्धिको दिशामा गुणात्मक ढंगले अघि बढाउने अवसरका रूपमा सदुपयोग गर्नुहुनेछ ।’ घोषणापत्रमा उल्लेख छ । गठबन्धनले नेकपा (एमाले) को सूर्य चिह्नमा र नेकपा (माओवादी केन्द्र) को गोलाकारभित्रको हँसिया–हथांैडा चिह्नमा, जहाँ जुन चुनाव चिह्न लिएर हाम्रा साझा उम्मेदवारहरू खडा हुनुहुनेछ र त्यहाँ त्यसमा मतदान गरी हाम्रा उम्मेदवारहरूलाई विजयी बनाउन जनतासमक्ष अनुरोध गरेको छ ।
सामाजिक सुरक्षा भत्ता पाँच हजार
लोककल्याणकारी राज्य र समाजवादको आधारभूत पक्षका रूपमा रहेको भन्दै वामगठबन्धनले सामाजिक सुरक्षाका कार्यक्रमलाई सर्वकालिक तुल्याउँदै लैजाने भएको छ । यसका लागि बालापन, सक्रिय उमेर र वृद्धावस्थाका सम्पूर्ण नागरिकलाई सर्वकालिक र योदानमा आधारित सामाजिक संरक्षणका कार्यक्रमको दायरामा ल्याइने घोषणा छ । सामाजिक सुरक्षा भत्ता मासिक ५ हजार रुपैयाँ पु¥याइने उल्लेख छ । ६५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई सबै किसिमका यातायात भाडामा २५ प्रतिशत र ७५ वर्ष उमेर पुगेका ज्येष्ठ नागरिकलाई ५० प्रतिशत छुटको व्यवस्था गरिने घोषणापत्रमा उल्लेख छ । सरकारी अस्पतालमा सुत्केरी हुने आमा र जन्मिने शिशुको पोषण र न्यानो कपडाका लागि एकमुष्ट ५ हजार भत्ता र रोजगारमा संलग्न महिलालाई १४ हप्ताको सुत्केरी बिदा दिइने घोषणापत्रमा उल्लेख छ । यसैगरी आगामी एक वर्षभित्र सम्पूर्ण नागरिकलाई विद्युतीय राष्ट्रिय परिचयपत्र र गरिबीको रेखामुनि रहेका नागरिकलाई थप विशेष परिचयपत्र उपलब्ध गराइने घोषणापत्रमा छ ।
यदि कम्युनिष्टहरु नभएका भए
२००६ सालमा नेपाल कम्युनिष्ट पार्टी स्थापना भएदेखि नै यहाँका कम्युनिष्ट तथा वामपन्थी शक्तिहरूले लोकतन्त्र तथा देशभक्तिपूर्ण आन्दोलनका साथै सामाजिक–आर्थिक रूपान्तरणको नेतृत्व गर्दै आइरहेको घोषणापत्रमा छ । राष्ट्रिय स्वतन्त्रता, स्वाधीनता, राष्ट्रिय स्वाभिमान र हितको रक्षाका सवालमा अग्रभूमिका खेलेको उनीहरुको दाबी छ–‘गर्वका साथ भन्न सकिन्छ, कम्युनिष्ट तथा वामपन्थी शक्तिहरू लोकतन्त्र र राष्ट्रिय स्वाधीनताका पहरेदार हुन् । त्यसकारण, नेपाली कम्युनिष्ट शक्तिहरू जनअधिकार र देशभक्तिको पर्याय बन्न पुगेका छन् ।’ नेपालका कम्युनिष्ट पार्टीहरू खास गरी नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) को नेतृत्व नभएको भए न त संविधानसभाको विषय राष्ट्रिय कार्यसूची बन्न सक्थ्यो, न विभिन्न बाधा–अवरोधलाई पन्छाउँदै संविधानसभाबाट समाजवाद उन्मुख संविधान नै घोषणा हुन सक्थ्यो । कम्युनिष्टहरूको अथक प्रयत्न र पहल नभएको भए नेपालमा आजका यी अग्रगामी परिवर्तनहरू सम्भव हुने थिएनन् । अब यिनै दुई पार्टीको काँधमा सामाजिक न्यायमा आधारित सुसंस्कृत र समृद्ध नेपाल निर्माण गर्ने ऐतिहासिक जिम्मेवारी आएको छ ।
अन्य राजनीतिक पार्टीहरूप्रति वाम गठबन्धनको दृष्टिकोण
नेपालको राष्ट्रिय राजनीति आज मुख्यतया दुई प्रवृत्तिमा ध्रुवीकृत भएको छ । एउटा प्रवृत्तिले नेपालको राष्ट्रिय स्वाधीनता र स्वाभिमानको पक्षपोषण गर्छ, नेपालको बहुजातीय, बहुभाषिक र बहुसांस्कृतिक विशेषतालाई सम्पदाका रूपमा ग्रहण गर्दछ । सार्वभौमसत्ता, राष्ट्रिय एकता, लोकतन्त्र, सामाजिक सद्भाव, राष्ट्रिय हित, आत्मसम्मान, सुशासन, समृद्धि, न्याय र समानतालाई मुख्य आधार मानेर राजनीति सञ्चालन गर्न चाहन्छ । स्वतन्त्रतापूर्वक आफ्ना विदेश नीति तर्जुमा गर्ने र सन्तुलित बाह्य सम्बन्ध कायम गर्नुपर्छ भन्ने धारणा राख्छ । यस प्रवृत्तिको नेतृत्व नेकपा (माओवादी केन्द्र) सहित नेकपा (एमाले) ले गरिरहेको छ ।
अर्को प्रवृत्तिले अग्रगमनको यात्रालाई रोक्ने गरी दक्षिणपन्थी र यथास्थितिवादी शक्तिहरूलाई आप्mनो वरिपरि गोलबन्द गर्ने प्रयास गरिरहेको छ । यसले राष्ट्रिय स्वाधीनता, राष्ट्रिय एकता, सामाजिक सद्भाव, राष्ट्रिय हित र स्वाभिमान कुण्ठित हुने गरी बाह्य शक्ति केन्द्रहरुको सल्लाह, परामर्श र आदेशलाई शिरोधार्य गर्नुपर्ने मान्यता राख्छ । यस प्रवृत्तिले आपूmबाहेक अरु सबैलाई ‘अतिवादी’ र लोकतन्त्र विरोधी देख्छ र आपूm सत्तामा रहँदा सधैं अतिवादलाई प्रश्रय दिने र अलोकतान्त्रिक कार्यमा निर्लिप्त हुने गरेको छ । यसले कानुनी राज्यको उपहास गर्ने, पृथकतावाद र साम्प्रदायिकतालाई प्रश्रय दिने, आस्थाको आधारमा वैमनस्यता फैलाउने, निजी स्वार्थमा राष्ट्रिय सम्पत्तिको चरम दुरुपयोग गर्ने, भ्रष्टाचार तथा विकृति र विसंगतिलाई पक्षपोषण गरिरहेको छ । ‘विशेष सम्बन्ध’को नाममा छिमेकी देशहरूसँगको सम्बन्धलाई असन्तुलित बनाउँदै राष्ट्रियता, स्वाभिमान र राष्ट्रहित विपरीत कार्य गर्दै आएको छ ।

नेपाली कांग्रेसको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी,जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थअनुरूप परिभाषित गर्ने खालको छ । सत्तामा रहँदा यसले कैयौंपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयौंपटक जनविरोधी काम पनि गरेको छ । बहुमत प्राप्त गरेको समयमा स्थिर सरकार दिन नसक्ने र प्रतिगमनलाई बढावा दिने कांग्रेसले निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरू समाप्त पारेको छ । भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको छ । प्रशाासन, न्याय प्रणाली, सुरक्षा निकाय र सरकारी संस्थानलाई पार्टीकरण गर्ने यस पार्टीले राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएको छ । राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना यस पार्टीसँग छँदै छैन ।

यस प्रवृत्तिको प्रतिनिधित्व नेपाली कांग्रेसले गरिरहेको छ । यसको मुख्य नीति सामन्ती निरंकुशतन्त्र र वैदेशिक एकाधिकार पुँजीवादसँग सम्झौता परस्त र आत्मसमर्पणवादी रहँदै आएको छ । यस पार्टीका नीतिहरू अहिले मूलतः दलाल तथा विदेशी एकाधिकार पूँजीवादको हित साधनामा केन्द्रित छन् । यस पार्टीको मूल चरित्र कम्युनिष्ट विरोधी, श्रमजीवी जनता विरोधी र लोकतन्त्रलाई निहित स्वार्थअनुरूप परिभाषित गर्ने खालको छ । सत्तामा रहँदा यसले कैयौंपटक विदेशी हस्तक्षेपलाई निम्त्याएको छ, विदेशीका सामु आत्मसमर्पण गरेको छ र कैयौं पटक जनविरोधी काम पनि गरेको छ । बहुमत प्राप्त गरेको समयमा स्थिर सरकार दिन नसक्ने र प्रतिगमनलाई बढावा दिने कांग्रेसले निजीकरणका नाममा राष्ट्रिय उद्योगधन्दा र सार्वजनिक संस्थानहरू समाप्त पारेको छ । नवउँदारवादको पृष्ठपोषण गर्दै राष्ट्रिय अर्थतन्त्रलाई कमजोर तुल्याएको छ । भ्रष्टाचारलाई संरक्षण र संस्थागत गर्ने काम गरेको छ । प्रशाासन, न्याय प्रणाली, सुरक्षा निकाय र सरकारी संस्थानलाई पार्टीकरण गर्ने यस पार्टीले राष्ट्रिय सहमति र एकताको विरोधी काम गर्दै आएको छ । राष्ट्र निर्माण गर्ने कुनै इच्छाशक्ति, दूरदृष्टि र योजना यस पार्टीसँग छँदै छैन ।
किन भयो वाम गठबन्धन ?
आफूहरुको गठबन्धन संवैधानिक अधिकार भएको दाबी गर्दै गठबन्धनले दुबै पार्टीले विगत ५० वर्षदेखि विभाजित नेपालको कम्युनिस्ट आन्दोलनलाई एकीकृत गर्ने महाअभियान सुरु गरेको बताएको छ । राष्ट्रको निर्णायक शक्तिका रूपमा रहेका नेकपा (एमाले) र नेकपा (माओवादी केन्द्र) का बीच २०७४ असोज १७ गते एकीकृत कम्युनिष्ट पार्टी निर्माण गर्ने ऐतिहासिक घोषणा गरेको बताएका छन् । यो घोषणा कार्यान्वयनको पहिलो कदमका रूपमा राष्ट्रव्यापी तालमेल र वाम गठबन्धन निर्माण गर्दै निर्वाचनमा होमिएको गठबन्धनको भनाइ छ । ‘यस कदमसँगै मुलुकभित्र तथा बाहिर तरंग सिर्जना भएको छ । कम्युनिष्टहरूको फुटबाट फाइदा उठाउँदै राष्ट्र र जनतामाथि शासन गर्न पल्केका प्रतिक्रियावादीहरू आफ्नो ऐस र आरामको स्वर्णयुग समाप्त हुने भयले विक्षिप्त भएर कम्युनिष्ट अधिनायकवादको हौवा पिटाउन थालेका छन् ।’ गठबन्धनको घोषणापत्रमा उल्लेख छ–‘प्रतिक्रियावादीहरूले चलाएको यस्तो भ्रमपूर्ण हल्ला उनीहरूको हतास मनस्थितिको परिचायकभन्दा अरु केही होइन ।’
‘यो एकता प्रयत्न २००७ सालदेखि सुरु भएको राजनीतिक अस्थिरता अन्त्यको सूचक हो । यो नेपाली जनतामा रहेको गरिबी, अभाव, पछौटेपन, भेदभाव र असमानता समाप्त गर्दै सामाजिक न्याय र समानतामा आधारित सुसंस्कृत र समृद्ध राष्ट्र निर्माणको प्रतिबद्धता पनि हो । यो एकता राष्ट्र पुनर्निर्माण गर्ने संकल्पको द्योतक हो । यस महाअभियानमा सामेल हुन हामी विभिन्न कम्युनिष्टका अतिरिक्त सबै वामपन्थी, देशभक्त र सच्चा लोकतन्त्रवादीहरूलाई आह्वान गर्दछौँ–घोषणापत्रमा उल्लेख छ ।
नेपालको स्वतन्त्रता, सार्वभौमिकता, स्वाधीनता, भौगोलिक अखण्डता, स्वाभिमान एवं हितको रक्षा र राष्ट्रको समृद्धि गठबन्धनको आधारभूत प्रतिवद्धता रहेको बताएका छन् । ‘नेपालको संविधानले निर्देशन गरेअनुरूप राष्ट्रिय स्वाधीनता एवं हितलाई केन्द्रबिन्दुमा राखेर स्वतन्त्र र असंलग्न परराष्ट्र नीति अवलम्बन गरिनेछ । संयुक्त राष्ट्रसंघको बडापत्र, पञ्चशीलको सिद्धान्त, पारस्परिक सम्मान, समानता एवं लाभ र राष्ट्रिय हितका आधारमा छिमेकीलगायत सबै मुलुकसँग मैत्रीपूर्ण सम्बन्ध विकास गरिनेछ । संघीय लोकतान्त्रिक गणतन्त्र, मुलुकको आवश्यकता र राष्ट्रिय हितअनुरूप राष्ट्रिय सुरक्षा नीतिको कार्यान्वयन गरिनेछ तथा आवश्यकताअनुसार यसको परिमार्जन र विकास गरिनेछ ।’
परराष्ट्र नीतिका बारेमा
छिमेकी तथा बाह्य मुलुकहरूसँग गरिएका सबै असमान र अपमानजनक सन्धिसम्झौताहरूलाई राष्ट्रिय हितअनुरूप प्रतिस्थापित गरिने घोषणापत्रमा छ । समानता, पारस्परिक लाभ र सम्मानलगायतका पञ्चशीलका सिद्धान्त, संयुक्त राष्ट्रसंघको बडापत्र र अन्तर्राष्ट्रिय कानुनका स्थापित मान्यताका आधारमा सबै देशसँग सुमधुर सम्बन्ध कायम गरिने र यिनै सिद्धान्त तथा मान्यताका आधारमा छिमेकी मुलुक भारत र चीनसँगको सम्बन्ध घनिष्ठ र सुदृढ बनाइने वाम गठबन्धनको घोषणापत्रमा छ ।
विसं. २०९९ सम्ममा समुन्नत राष्ट्र
आगामी पाँच वर्षभित्र नेपाललाई विकासशील राष्ट्रको पंक्तिमा पु¥याइने घोषणा गर्दै भनिएको छ –‘१० वर्षभित्र प्रतिव्यक्ति आय कम्तीमा ५ हजार अमेरिकी डलर पुग्ने गरी आर्थिक वृद्धिलाई १० प्रतिशतभन्दा माथि पु¥याउने राष्ट्रिय अर्थतन्त्र निर्माण गरिनेछ । यसैका माध्यमबाट निरपेक्ष गरिबीको रेखामुनि रहेका जनतालाई सो अवस्थाबाट मुक्त गरिनेछ । यस शताब्दीको अन्त्य अर्थात् वि.सं. २०९९ सालसम्म नेपाललाई समुन्नत राष्ट्रको स्तरमा पु¥याउने गरी आर्थिक र सामाजिक विकासका योजना र कार्यक्रमहरू अगाडि बढाइनेछन् ।’ यसैगरी शान्तिप्रक्रियाका बाँकी कार्यभारहरू पूरा गर्न, द्वन्द्वपीडितलाई न्याय दिन र दिगो शान्ति स्थापना गर्न कम्युनिष्ट तथा वामपन्थी सरकार अनिवार्य रहेको भन्दै–‘मजदुर, किसान, श्रमजीवी, दलित, महिला, मधेसी, जनजाति, थारू, मुस्लिम र उत्पीडित एवं पिछडिएका जनसमुदायको स्वाभिमान एवं हकहितका विषयहरूलाई राष्ट्रिय कार्यसूचीमा स्थापित गर्ने काम कम्युनिष्टहरूबाटै भएको हो । यसको रक्षा गर्न र राष्ट्रिय एकता सृदृढ गर्न कम्युनिष्ट तथा वामपन्थीहरूको अगुवाइ अपरिहार्य छ ।’

(वाम गठबन्धनले मंगलबार सार्वजनिक गरेको घोषणापत्रका आधारमा तयार पारिएको सामग्री)

SHARE