तिलोत्तमा व्यापार मेला एक महिना पछि स¥यो

9

 

तिलोत्तमा, २२ कात्तिक । तिलोत्तमा व्यापार मेला २०७४ आगामी पुस महिनामा संचालन हुने भएको छ । आसन्न प्रतिनिधि सभा र प्रदेश सभा निर्वाचनका कारण मेला एक महिना पछाडी सारिएको हो । मेला पौष २६ गते देखी माघ ९ गते सम्म संचालन गर्ने निर्णय आज बसेको कार्यसमितिको पूर्ण बैठकले गरेको हो । यसअघि निर्वाचनको २ दिन पछाडी मंसिर २३ गतेबाट मेला संचालन गर्ने तयारी थियो । मेला र केन्द्र तथा प्रदेशको निर्वाचन एकै समयमा हुंदा दुवैलाई असर पर्ने भन्दै यंहा क्रियासिल राजनितिक दल, व्यवसायी, उद्योगी, संघ संस्थाले मेला केहि दिन पछि सार्न आग्रह गरेका थिए । त्यही आग्रह अनुसार मेलाको मिति परिवर्तन गरिएको महासचिव बिष्णु बरालले जानकारी दिनुभयो । बैठकले मेलाको तयारी कामलाई यथावत राख्दै भौतिक संरचना निर्माण लगायतमा केन्द्रित हुने निर्णय गरेको छ ।
त्यस अघि बैठकलाई सम्बोधन गर्दै पूर्व अर्थमन्त्री बिष्णु पौडेलले मेला यस क्षेत्रकै प्रतिष्ठाको बिषय भएकाले यसलाई सफल पार्नु सबैको दायित्व भएको बताउनुभयो । उंहाले मेला र निर्वाचन एकै समयमा हुंदा दुबैमा त्यसको प्रभाव देखिन सक्ने भन्दै पुर्वनिर्धारित मिति पुर्न बिचार गर्न आग्रह गर्नुभयो । पूर्वमन्त्री पौडेलले यस क्षेत्रको आर्थिक बिकास र स्थानिय उत्पादनको बजार प्रबद्र्धनमा मेला कोसेढुंगा सावित हुने विश्वास व्यक्त गर्नुभयो । उंहाले यस क्षेत्रको पहिचान झल्किने उत्पादनको बजार प्रबद्र्धनमा जोडदिनुभयो ।
व्यापार संघका अध्यक्ष झबिन्द्र प्रसाद कंडेलले मेलामा स्थानिय उत्पादनका बस्तुहरुलाई उच्च प्राथमिकतामा राखिएको जानकारी दिनुभयो । उंहाले मेला तिलोत्तमाबासी सबैको प्रतिष्ठाको बिषय भएको भन्दै सहयोगका लागी आग्रह गर्नुभयो ।
त्यस अवसरमा नेकपा एमालेका केन्द्रिय सदस्य लिला गिरी, प्रदेश सदस्य गोपाल भट्टराई, सल्लाहकारहरु लक्ष्मण ज्ञवाली, शशी पौडेल, खुमाकान्त पौडेल दुजेन्द्र बस्नेत मेलाको सफलताका लागी जस्तोसुकै सहयोग गर्न तयार रहेको बताउनुभयो ।

SHARE