बुधवारदेखि सेमिफाईनलका खेल हुने

4

 

बुटवल, कार्तिक २१
बुटवलमा जारी चौथो माउण्ट स्टार नकआउट फुटबल प्रतियोगिता अन्तर्गत मंगलवार भएको अन्तिम क्वाटर फार्इनल खेलमा राधाकृष्ण फुटवल क्लव बुटवल बिजयी भएको छ ।
जनज्योती क्लव डिङ्गरनगरलाई ३ एक गोल अन्तरले हराउदै राधाकृष्ण बिजयी भएको हो । मंगलबारको जितसंगै राधाकृष्ण सेमिफाइनलमा प्रवेश गरेको छ । निर्धारीत समयमा कुनैपनि टिमले गोल गर्न नसकेपछि ट्राइब्रेकरमा राधाकृष्ण बिजयी भएको हो ।
मंगलवारको खेलमा राधाकृष्णका कृष्ण कार्की म्यान अफ दि म्याच घोषित भएको खेल संयोजक बिनोद गौतमले जानकारी दिए । बुटवल ११ स्थित नहरपूर माबिको खेल मैदानमा जारी प्रतियोगिता अन्तर्गत बुधवार
नारायणगढ फुटवल क्लव चितवन र भैरव स्पोर्टस क्लव नवलपरासी बिच पहिलो सेमिफाईनल खेल हुने आयोजकले जनाएका छन् ।
प्रतियोगिताको विजेताले २ लाख ५ हजार र उपविजेताले १ लाख १ हजार नगद सहित कप, मेडल, प्रमाणपत्र प्राप्त गर्ने छन् ।
कार्तिक २५ गतेसम्म चल्ने प्रतियोगितामा बिभागिय टिम सहित १५ क्लवको सहभागिता रहेको छ ।

SHARE