व्यवसायीको सुरक्षाप्रति सरकारको वेवास्ताः ढकाल

3

 

बुटवल, कार्तिक २१
नेपाल उद्योग बाणिज्य महासंघका पूर्व अध्यक्ष चण्डिराज ढकालले उद्योगी व्यवसायीलाई धम्क्याउने र चन्दा आतंक मच्चाउने बिरुद्ध राज्य संवेदनशिल नभएको गुनासो गरेका छन् ।
रिपोर्टस क्लव रुपन्देहीले बुटवलमा आयोजना गरेको पत्रकार सम्मेलनमा बोल्दै ढकालले निजि क्षेत्रले सरकारबाट लगानीको उपयुक्त बातावरण चाहेपनी सरकारले उपलब्ध गराउन नसकेको बताए । सरकारले बोलीमा लगानीको वातावरण बनाउने बताएपनि व्यवहारमा त्यो नभएको भन्दै असन्तुष्टि प्रकट गरे ।
उनले उद्योग व्यवसाय राजनितिक संक्रमणको मारमा परेको अवस्थामा अपराधिक गिरोहबाट तर्साउने काम हुंदा उद्योगी व्यवसायी दोहोर मारमा परेको भन्दै सरकारलाई यसतर्फ गम्भिर हुन आग्रह गरे । दिनदहाडै व्यवसायी माथी गोली प्रहार हुंदापनि सरकारले दोषि पत्ता लगाउन नसकेको उल्लेख गर्दै उनले यस्तो असुरक्षित वातावरणमा काम गर्न नसकिने बताए । निजि क्षेत्रले निर्वाचनको संवेदनशिलतालाई बुझेर अहिले कुनै प्रतिक्रिया नदिएको उल्लेख गर्दै उनले निर्वाचन पछि पनि शान्ती सुरक्षामा सुधार नआए उद्योग व्यवसायको जिम्मा सरकारलाई बुझाउन बाध्य हुने बताए ।
उनले निर्वाचनपछि आउने नेतृत्वको कार्यकुशलतामा अबको अर्थतन्त्र निर्भर हुने बताए । रेमिट्यान्सले धानेको अर्थतन्त्रलाई क्रमशः आन्तरिक उत्पादनको बृद्धि तर्फ ढाल्न नसके कुनैपनि बेला नेपालको अर्थतन्त्र ढलमलाउन सक्ने उनले बताए ।

SHARE