माउण्ट स्टार नकआउट फुटवल प्रतियोगिता सुरु

5

 

बुटवल कार्तिक १०
माउण्ट स्टार युवा क्लव बुटवल ११ को आयोजनामा आजदेखि चौथो माउण्ट स्टार नकआउट फुटवल प्रतियोगिता सुरु भएको छ ।
नहरपुर माविको खेल मैदानमा भएको उद्घाटन खेलमा भैरव स्पोर्टस युवा क्लव नवलपरासी विजयी भएको छ । युनाईटेड युवा क्लव कपिलबस्तुलाई २ तिनले हराउदै भैरव युवा क्लव नवलपरासी विजयी भएको हो ।
भैरवका लागि खेलको ५ औं मिनेटमा रामबहादुर थापा, ३५ औं मिनेटमा जय गुरुङ र दोस्रो हाफको २३ मिनेटमा कान्छा गुरुङले गोल गर्दै टिमलाई जित दिलाए ।
युनाईटेड कपिलबस्तुका लागि १२ औं मिनेटमा श्याम सिंजाली र दोस्रो हापमको २६ औं मिनेटमा युवराज थारुले गोल गरेपनि जितका लागि प्रयाप्त भएन र खेलमा भैरव युवा क्लव नवलपरासी विजयी बन्यो ।
प्रतियोगिताको म्यान अफ दी म्याच भैरव युवा क्लव नवलपरासीका राम बहादुर थापा घोषित भए । त्यसअघि भएको प्रतियोगिताको उद्घाटन बुटवल उपमहानगरपालिकाका नगरप्रमुख शिवराज सुवेदीले गरेका थिए ।
सो अवसरमा बोल्दै नगरप्रमुख सुवेदीले बुटवल उपमहानगरपालिकालाई खेल क्षेत्रमा अव्वल बनाउनका लागि खेलकुद विकास समिति गठन गरेर खेलकुदका गतिविधिलाइ चलायमान गराउने बताए ।
आजदेखि सुरु भएको प्रतियोगिता कार्तिक २५ गते सम्म चल्ने छ । प्रतियोगितामा प्रथम हुनेले नगद २ लाख पांच हजार तथा उपविजेताले नगद १ लाख १ हजार सहित कप मेडल र ट्रफि प्राप्त गर्ने छन् ।
प्रतियोगितामा सेमिफाईनलमा पुग्ने टिम, म्यान अफ दी म्याच, म्यान अफ दि सिरीज, हाई स्कोरर खेलाडिलाई पनि नगद सहित पुरस्कृत गर्ने बताइएको छ ।
भोलिको खेल जनज्योती युवा क्लब डिङगरनगर र लिस्नु युवाक्लब कोटिहवाका विचमा हुने आयोजकले जनाएको छ ।

 

SHARE