पोलियो उन्मुलन गर्न ¥याली

43

बुटवल कार्तिक ७
विश्व पोलियो दिवश बिबिध कार्यक्रम गरि नेपालमा पनि मनाईएको छ । बुटवलमा पनि रोटरी र रोट्¥याक्ट क्लवहरुको आयोजनामा पोलियो दिवश मनाईएको हो ।
पोलियो अहिले अन्त्य गरौं भन्ने नाराका साथ बुटवल अस्पताल लाईनबाट निस्केको ¥याली अमरपथ, हाटबजार लाईन, जेसीजचोक हुदै ट्राफिक चोकमा पुगेर समापन भएको थियो ।
¥यालिमा सहभागिहरुले म पोलियो अन्त्य गर्न चाहन्छु, पोलियो मुक्त नेपाल बनाउ, पोलियो अन्त्य गर्न हातेमालो गरौं लगायतका प्लेकार्ड बोकेका थिए ।
पोलीयोलाई अन्त्य गर्दै र आउन सक्ने सम्भावनालाई रोक्न कार्यक्रम गरिएको रोटरी डिष्ट्रिक ३२९२ का निर्वाचित गभर्नर चिन्तामणी भट्टराईले बताउनुभयो ।
पोलियो उन्मुलनमा रोटरी इन्टरनेशनलले काम गरिरहेको भट्टराईले जानकारी दिनुभयो । नेपालमा पोलियो उन्मुलन भएपनि बिश्वमा अहिले पनि केही देशमा पोलियो भाईरस देखा परेकाले यो बिश्वको लागि खतरा भएको भट्टराईको भनाई थियो ।
त्यसैले पोलियो उन्मुलन गर्न सबै एकजुट हुनुपर्ने भट्टराईले बताउनुभयो । नेपालमा पोलियो उन्मुलनको लागि सरकारले निशुल्क खोप कार्यक्रम संचालन गर्दै आएको छ ।

SHARE